अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा न. २ पोखराथोकमा रहेको जिल्लाकै बिशिस्ट शैक्षिक ईतिहास बोकेको हारिहर संस्कृत तथा साधारण माध्यामिक बिद्यालयले आफ्नो ८८ औं वार्षिकोत्सब तथा १२४ औं हरिहर जयन्ती बिविध कार्यक्रम गरि आजबाट मनाउन शुरु गरेको छ । ३ दिन बिद्यालयले बिविध कार्यक्रमका साथ मनाउने वार्षिकोत्सबको आज पहिलो दिनको कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको अध्यक्षता , प्रधानाध्यापक बिष्णु प्रसाद पोख्रेलको स्वागत मन्तव्य र शिक्षक कृष्ण प्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको हो ।
प्रभातफेरी सहित शुरु भएको कार्यक्रमको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले बिद्यालयका संस्थापक हरिहर गौतम, संस्थापक हेडगुरु दधिराम मरासिनी र बिद्याकि देवि सरस्वतीको तस्विरमा माल्यार्पण गरि पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
बिद्यालयले वार्षिकोत्सबको अवसरमा विभिन्न बिधाका प्रतियोगितात्मक कार्यक्रमहरु पनि संचालन गर्दैछ । आज पहिलो दिन अन्तर सदनात्मक छात्रा / छात्र भलिबल प्रतियोगिता, १००, २०० र ४०० मिटर छात्र /छात्रा दौड प्रतियोगीता र छेलो फाल्ने प्रतियोगिता सम्पन्न भएका छन ।
यस्तै भोलि दोस्रो दिन हाइजम्प, लङ्जम्प, त्रीपलजम्प, हाजिरिजवाफ प्रतियोगिता, हिसाब दौड प्रतियोगिता, छात्राहरुको कुर्सी दौड प्रतियोगिता, नृत्य प्रतियोगिता सम्पन्न हुने बिद्यालयले जनाएको छ ।
जिल्लाकै ऎतिहासिक र बिशिस्ट पहिचान बोकेको यस बिद्यालयले २९ गते विशेष समारोहका बिच कार्यक्रमको समापन गर्दैछ ।