अर्घाखाँची ।
शैक्षिक भ्रमणका लागि पहिला आफ्नै स्थानबाट शुरु गर्नुपर्छ भन्ने मनसायबाट प्रेरित भई आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने साथै स्थानीय बिषयमा अध्ययन गर्नुपर्ने पाणिनिकै घुम्न आवस्यक र आफ्नै पालिकामा भएका अवलोकन बाकी रहेका धार्मिक , ऎतिहासिक स्थानहरुको भ्रमण गराउदै जनसेवा माध्यमिक बिद्यालय पाणिनी ७ झन्द्रेकले नयाँ शुरूवात मात्र गरेको छैन , एउटा उदाहणिय कार्यपनी सफलतापुर्बक सम्पन्न गरेको छ ।
आज शुक्रबार पाणिनी गाउँपालिकामा अवस्थित दुर्वाशेश्वर गुफाबाट अवलोकन शुरु भएको जनसेवा माध्यमिक बिद्यालय का बिद्यार्थीहरुको शैक्षिक अध्ययन अवलोकन भ्रमण पाणिनिकै आर्थिक सम्वृद्धिको सम्भावना बोकेको पाणिनी १ पणेनाको सिम्लेमा अवस्थित सुन्तला बगैंचाहरुको अवलोकन पनि महत्त्वपूर्ण रहेको बिद्यालयले जनाएको छ ।
सुन्तला बगैंचाको अवलोकनबाट बिद्यार्थीहरुमा देशभित्र पनि प्रचुर सम्भावनाहरु छन र गर्न सके त्यस्ता सम्भावनाहरुलाई परिणाममा रुपान्तरण गर्न सकिन्छ भन्ने भावनाको बिकास गराउन सकिने बिश्वास बिद्यालयको रहेको छ ।
त्यस्तै देशभर मात्र नभै बिदेशमा समेत चर्चा कमाएको पाणिनी तपोभुमिको अबलोकनले पनि बिद्यार्थीहरुमा हाम्रै ठाउँमा घुम्न लायक प्रशस्त स्थानहरु छन भन्ने कुराको पुष्टि गरेको बिद्यालयका शिक्षकहरु बताउनुहुन्छ ।
संस्कृत ब्याकरणको प्रादुर्भाव भएको र पाणिनी ऋषिले तपस्या गरेको निश्चल पवित्र क्षेत्रको भ्रमण अनुपम रहेको बिद्यार्थीहरुले बताएका छन । यसैगरी पाणिनी गाउँपालिकाको वडा न. ४ मा रहेको स्थानीय कृषकहरुलाई स्थापित गर्न सफल छुर्पी उद्योगको अवलोकन गर्न पाउँदा सकारात्मक सोच र ब्यावसायिक इमानदारीताबाट हाम्रा खेर जाने कम महत्वका बस्तु पनि बिदेश निर्यात गरेर आम्दानी गर्न सकिने कुरा बिद्यार्थीहरुले सिकेको महसुस बिद्यालयले गरेको छ ।
बिद्यालयका प्रधानाध्यापक शालिकराम बेल्वासेले स्थानीय पाठ्यक्रम सहजीकरणका लागि यो नै उत्तम शैक्षिक कार्यक्रम हुने ठानेर स्थानीय स्तरका स्थान, ब्यावसाय र उद्योगहरुको अवलोकन कार्यक्रम आयोजना गरिएको बताउनुभएको छ ।
१ दिने भ्रमणका क्रममा कक्षा ५ देखि ७ सम्मका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । बिद्यालयले भ्रमणका क्रममा सहयोग गर्नुहुने सिम्लेका सुन्तला ब्यावसायी, तपोभुमी व्यवस्थापन समितिका अध्यक्ष सहित पदाधिकारी र छुर्पी उद्योगका संचालक समेत सहयोगी सम्पुर्णलाई धन्यवाद समेत ब्याक्त गरेको छ ।