हिम लेकाली, सन्धिखर्क ।
अर्घाखाँची जिल्लाकाे सदरमुकाम सन्धिखर्कमा औद्याेगिक व्यापार मेला – २०८१ सन्चालन हुने भएको छ ।
” कृषि, पर्यटन ,उद्योग र व्यापार स्थानीय उत्पादनकाे प्रयाेग राेजगारीकाे मुख्य आधार ” भन्ने मुल नाराका साथ छैठौं अर्घाखाँची महाेत्सव एवं कृषि ,पर्यटन तथा औद्याेगिक व्यापार मेला २०८१ , पाैष २९ देखि माघ १२ सम्म हुने भएकाे हो ।
सन्धिखर्क नगरपालिका वडा नं.१ काे कुडुले फाँटमा सम्पन्न हुने मेलाकाे मुख्य आयाेजक अर्घाखाँची उद्योग बाणिज्य संघ रहेकाे छ ।
सन्धिखर्क नगरपालिकाकाे कार्यालय ,नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौ र नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश मेलाकाे संरक्षकमा रहेका छन् भने मेला ब्यबस्थापकमा औद्याेगीक शान्ति नेपाल काठमाण्डु रहेकाे छ ।
जिल्लामा उत्पादित कृषि उपजकाे पहिचान सहित बजारिकरण ,उद्योग ब्यापारकाे प्रबर्द्धन ,जिल्लाका पर्यटकिय स्थलकाे प्रचार प्रसार र कला संस्कृतिकाे पहिचान र प्रबर्द्धन गरि जिल्लाकाे आर्थिक बिकासमा टेवा पुर्याउने उद्देश्यले मेलाकाे आयाेजना गरिएको आयाेजक संस्थाले जनाएको छ ।
मेलाकाे समुद्घाटन नेपाल सरकार लुम्बिनी प्रदेशका मुख्य मन्त्री माननीय चेतनारायण आचार्यले गर्ने जानकारी आयोजकले दिएको छ ।
सोमबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरि उद्योग बाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले मेलामा ,घरेलु हस्तकला ,कृषि उपज स्थानीय उत्पादन ,फेन्सि तथा कस्मेटिक र ईलेक्टीक सामानकाे प्रदर्शनी र बिक्री हुने जानकारि दिनु भयाे ।
अर्घाखाँची आफैमा एक धार्मिक ,सांस्कृतिक र पर्यटकिय द्रिष्टिकाेणले महत्त्वपूर्ण स्थल भएकाेले यहाँ रहेका धार्मिक तथा पर्यटकीय स्थलकाे पहिचान गराउन मेला पछि पर्यटकीय स्थल नरपानीमा ठुलाे ईलेक्ट्रीक डिजिटल हाेडिङ्ग बोर्ड राखिने अध्यक्ष मिश्रले जानकारि दिनु भयाे ।
पत्रकारहरूले आम जनमानसमा मेला बारे उठेका प्रश्नहरूकाे जवाफमा अध्यक्ष मिश्रले सराेकारवाला सबै संग छलफल भएकाे ,सबै राजनितिक दल ,संघ संस्था संग बसेर मेला बारे परामर्श लिएकाे, सबैकाे सहमति भएकाे बताउँदै, बिज्ञप्ति निकाली असहमति जनाउने हाेटल ब्यवसायी संघ र उद्योग व्यापार संघ पनि मेला सन्चालन गर्न सहमतिमा आएकाे उहाँले बताउनु भएको छ ।
पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघका सल्लाहकार युबराज श्रेष्ठले मेला सन्चालन गर्नु हुन्न भन्ने जिल्ला बासि काेही नभएकाे बताउँदै केवल आफ्नाे स्वार्थ अनुकुल मेला सन्चालन लगाउन चाहने मनसाय भएकाहरूबाट आराेप पत्याराेप ,बिराेध हुने गरेकाे उहाँले बताउनु भयाे ,काम गर्दा कमि कमजाेरि हुन्छ ,हामी सच्चाउन तयार छाै ,हाम्रा बिगत महाेत्सवका सम्पूर्ण हिसाब पारदर्शी र खुल्ला किताब भएकाे हुदा अध्ययन गर्न सबैलाई अनुराेध गर्नु भयाे ।
मेलामा अर्घाखाँचीमा स्थानीय कला एवं संस्कृतिकाे प्रबर्द्धन गर्न खुल्ला गायन तथा नृत्य प्रतियोगिता ,जिल्लाकाे संस्कृति झल्किने गरि झाँकि एबं कला प्रदर्शनी गरिने, स्थानीय तथा राष्ट्रिय कलाकारहरू द्वारा मनाेरन्जनात्मक तथा चेतनामुलक कार्यक्रम प्रस्तुत गरिने ,विभिन्न खेल सहित बाल उद्धान ,राष्ट्रिय तथा स्थानीय खाना एवं खाजाकाे स्टल रहने सचिव सन्ताेष बस्नेतले बताउँनु भयाे ।
३५० स्टल रहने यस मेलामा कृषि उत्पादन ,घरेलुु उत्पादन , दुग्ध उत्पादन ,फलफूल तरकारी उत्पादन गर्ने ब्यबसायीहरूलाई निशुल्क स्टलकाे ब्यबस्था गरिएकाे र स्थानीय व्यापारी लाई ५०% छुटमा स्टल प्रदान गर्ने गरि जेष्ठ नागरिकलाई नि शुल्क र विद्यार्थीहरू लाई टिकटमा ५० % छुट दिने निर्णय भएको उद्योग बाणिज्य संघका महासचिव तुल्सिराम खनालले बताउनु भयाे ।
मेला सफलता साथ सम्पन्न गर्न विभिन्न उप समितिहरू बनाईएकाे छ । प्रबक्ताको जिम्मेवारी पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल, बरिष्ट उपाध्यक्ष रामु भुसाल संयाेजक रहेकाे अतिथि सत्कार उप समिति ,उपाध्यक्ष काजी श्रेष्ठ संयाेजक रहेकाे युवा परिचालन समिति ,कलाकार संयाेजन सन्ताेष बस्नेत ,सदस्य कृष्ण सुनार पार्किङ ,सदस्य पार्बता श्रेष्ठ झाँकि ,मायाँकाे चिनाे सदस्य लेखनाथ भण्डारी , सूचना सन्चार संयाेजक सदस्य माेतिलाल खनाल रहनुभएको छ ।
१३ दिन सम्म चल्ने याे मेला अबलाेकन गर्न छिमेकी जिल्ला प्युठान, गुल्मि ,पाल्पा ,कपिलबस्तुबाट समेत मानिसहरू आउने आयोजकले बिश्वास लिएको छ ।