पाणिनी गाउँपालिका वडा न. ७ का युबाहरुले भैलो खेलेर सङ्कलन गरेको रकमबाट आज एक कार्यक्रमका बिच जेष्ठ नागरिकहरुलाई सम्मान गरेका छन । कार्यक्रममआ बोल्दै पाणिनी गाउँपालिका वडा न. ७ का वडा अध्यक्ष गुनाखर अधिकारिले रचनात्मक काम गरेर अरुलाई प्रेरणा दिनेगरी समाजका अगुवाहरुको सम्मान गर्नु अत्यन्तै सराहनिय कार्य भएको भन्दै युबाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
यस्तै कार्यक्रममा मन्तव्य राख्दै पाणिनी ७ का वडा सदस्य प्रेम थापाले सराहनीय कार्यका लागि युवाहरुलाई धन्यवाद दिदै सम्मानित ब्याक्तित्वहरुको दिर्घजिवनका लागि शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा पाणिनी गाउँपालिका वडा न. ७ स्थित जनसेवा माध्यमिक बिधालयका प्रधानाध्यापक शालिकराम बेल्वासेले सबै अग्रजहरुको पुर्नमिलन हुनेगरी सम्मानको कार्यक्रम ल्याउनु युवाहरूको उत्कृष्ट सोच भएको भन्दै यस्ता कार्यक्रम संस्थागत रुपमा पनि हुन जरुरी रहेकोमा जोड दिनुभएको छ ।
यस्तै सामाजिक ब्याक्तित्व युवराज पौडेलले आफ्ना अग्रजहरुको सम्मान गरेर युवाहरूको कार्यशैलीले नयाँ पुस्ताका लागि पनि अनुकरण गर्न सहजीकरण गरेको अनुभुती भएको बताउनुभयो ।
सम्मान ग्रहण गर्दै स्थानीय भेषराज पौडेल र लिलाधर पौडेलले भैलो खेलेर पनि यसरी आफुलाई सम्मान गरेकोमा युवाहरूलाई धन्यवाद दिदै आफुहरुको आत्मविश्वास थपिएको बताउनु बताउनु भएको थियो ।
रोइला ग्रुप द्धारा खेलिएको देउसी भैलोबाट उठेको रकमको केही प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने पुर्व योजना अनुरुप समाजको इतिहास बोकेका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको भैलो समुहका सद्स्य तथा कार्यक्रमका अध्यक्ष प्रकाश प्युठानिले बताउनुभयो ।कार्यक्रममा पाणिनी पत्रकार समाजका अध्यक्ष भिम बिश्वकर्मा, रेडियो पाणिनी एफ.का प्रमुख माधव बेल्वासे स्थानिय बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पाणिनी ७ अड्गुरिको साविक वडा न. ९ झन्द्रेकका ७५ वर्ष माथिका १६ जना जेष्ठ नागरिक सम्मानित हुनुभएको थियो । जेष्ठ नागरिकहरूलाई दोसल्ला ओडाएर सम्मान पत्र सहित सम्मान गरिएको हो ।रोइला ग्रुपका सद्स्य नारायण पाण्डेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन ग्रुपका सदस्य गोविन्द विश्वकर्माले गर्नुभएको थियो ।
ग्रुपले गतवर्ष पनि देउसी भैलोबाट उठेको रकमबाट २० हजार नगद जनसेवा माध्यमिक बिद्यालयलाई सहयोग गरेको थियो ।