३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस : भुमिकास्थानको ढिकुरामा

अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वडा न. ९ ढिकुरामा तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ। “स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता, कृषि आनुवंशिक विविधताको पहिचान र उपयोगका लागि डाटाबेस”  कार्यक्रम २०७९ सालमा नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले प्रत्येक माघ १ गते राष्ट्रिय कृषि जैविक विविधिता दिवस मनाउने निर्णय गरेको थियो। माघ १ गतेदेखि ७ गतेसम्म साताव्यापी रूपमा यो दिवस मनाउने निर्णय भएको थियो। साेहिअनुसार आज अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिकामा  एक कार्यक्रम गरि मनाईएकाे हाे ।

कार्यक्रम लुम्बिनी प्रदेशका सभासद रामजी प्रसाद घिमिरेलेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । कार्यक्रममा मन्तब्य राख्दै घिमिरेले जैविक विविधताको संरक्षण गर्न जरुरी रहेको बताए। उनले सबैले एकजुट भएर जैविक विविधताको संरक्षण गर्न अगाडि बढ्नुपर्ने बताउदै जैविक विविधता संरक्षणमा तीन वटै तहको सरकारको भूमिका रहेको बताएका थिए।

कार्यक्रममा भुमिकास्थान नगरपालिका नगर प्रमुख झविलाल थापाले गाउँघरमा आधुनिकताकाे नाममा हाईबिड उन्नत जात देखा परेको बताउदै जमिन बाँझो रहँदै गएको र उत्पादन घट्दै गएको बताए।

कार्यक्रममा नेपाल कृषि आनुवन्सिक श्राेत केन्द्र राष्ट्रिय जिन बैंक  ( नार्क) प्रमुख डा. बालकृष्ण जाेसिले अनुबाशिक श्राेत सहित कार्यक्रममा परम्परागत बालीकाे बारेमा जानकारी गराउनुभएकाे थियाे । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख बुद्विराज घिमिरे कीट विज्ञ विकास भुसाल कृषक राम प्रसाद भुसाल माेति भट्टराई पुर्व वडा अध्यक्ष नारायण खनाल , समाजसेवी तथा राजनीतिज्ञ प्रेमनारायण गैरे ,भुमिकास्थान नगरपालिका कुषि शाखा प्रमुख राम ब थापा पत्रकार महासघका लुम्बिनी प्रदेश सदस्य हिम लेकाली ओैषधी तथा विषादी व्यबसायी सघका लुम्बिनी प्रदेश अध्यक्ष युवराज पाैडेल लगायतले कार्यक्रममा मन्तब्य  राखेका थिए ।

वडा न ९ का अध्यक्ष खेमराज चुदालीकाे अध्यक्षता, बाली प्रजनन विज्ञ डा मुकुन्द भट्टराईकाे सञ्चालन र धर्मराज पाैडेलकाे स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियोे  ।

कार्यक्रममा रैथाने बाली सरक्षण अगुवा कृषक जनप्रतिनिधि लगायतकाे सहभागीता रहेको थियाे याे कार्यक्रम काठमाडौं जिल्ला भन्दा पहिला पटक सस्थाकाे अगुवाइमा अर्घाखाँचीमा गरिएको हाे ।

माघ १. बाली जैविक विविधता : १५०६ प्रजाति
माघ २. जलिय कृषि जैविक विविधता : २६७ प्रजाति
माघ ३. पशुपन्क्षि जैविक विविधता :३५ प्रजाति
माघ ४. घाँसे बाली जैविक विविधता : ५१० प्रजाति
माघ ५. कृषि-किरा जैविक विविधता : ३५०० प्रजाति
माघ ६. कृषि-शुक्ष्म जीवाणु जैविक विविधताः ८०० प्र.
माघ ७. परम्परागत ज्ञान र परिकार लगायतका कार्यक्रम गरि मनाईने आयोजक सस्थाका कीट विज्ञ विकास भुसालले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार