२ पुस २०८२, बुधबार
२ पुस २०८२, बुधबार

लायन्स क्लब अफ पाणिनीको कार्यक्रम लाई सम्बोधन गर्न पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने पाणिनि आउँदै

लायन्स क्लब अफ पाणिनी को आयोजनामा फागुन १४ गते महाशिवरात्रीको अवसरमा हुन गइरहेको भजन प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्न लुम्बिनी प्रदेश का पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने आउने भएका छन् । धार्मिक सम्पदाहरूको पहिचान गराउने उद्देश्यले आउँदो फागुन १४ गते पाणिनी गाउँपालिकामा भजन प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ।

लायन्स क्लब अफ अर्घाखाँची पाणिनीको आयोजनामा हुने प्रतियोगितामा लोक भजनको उद्गम स्थलकै रूपमा दाबी गरिएको पाणिनीका पाणिनी तपोभूमी, दुर्वाशेस्वर गुफा लगायतका धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धन गरि पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता राखिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिए।

भजन प्रतियोगितामा प्रथम हुने टिमले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ, द्वितीय हुने टिमले नगद २२ हजार २ सय २२ रुपैयाँ, तृतीय हुने टिमले नगद ११ हजार १ सय ११ रुपैयाँ तथा सान्त्वना हुने टिमले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्।

आफ्ना धार्मिक क्षेत्रहरूको पहिचान गराउनुका साथै भजन संरक्षणमा समेत यो प्रतियोगिताले टेवा पुग्ने आयोजकको अपेक्षा छ। लोक संस्कृति जोगाउनु सबैको साझा दायित्व भएकाले नयाँ पुस्तालाईसमेत भजनमा आकर्षित गराउने लायन्सले जनाएको छ।

भजन नेपाली संस्कृतिसँग जोडिएको भन्दै परम्परादेखिको भजन जगेर्नाका लागि सबै लाग्नुपर्ने उनीहरूको भनाई छ।

अर्घाखाँचीसहित गुल्मी, पाल्पा, प्युठान, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाबाट भजन मण्डली आउने तयारी रहेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार