माधव बेल्वासे,अर्घाखाची
देशभरका बिभिन्न सडकहरुको अवस्था कस्तो छ ? आज देशका सबैजसो स्थानहरुमा यातायातको पहुँच पुगिरहदा तिनै सडक हाम्रा रोग र मृत्युकै कारण त बनिरहेका छैनन ? आज अर्घाखाँचीका पनि सबैजसो स्थानिय तह तथा वडाहरु पनि सडक संजालमा जोडिएका छन् । तर ति सडकहरुको अवस्था कस्तो छ भनेर आकलन गर्ने बेला आयो कि ? सडक बिस्तार , निर्माण कार्यले गति लिइरहदा कतै हाम्रो जनस्वास्थ्यमा पर्ने यसको दिर्घकालिन प्रभाव त्यो भन्दा बढि मुल्य पर्ने खालको पो हुन्छ कि ? आज सडकमा निस्कदा यात्रु मात्र होइन पैदल यात्रुको अवस्था पनि दयनिय छ भन्ने कुरा कहि कतै लुक्न सक्दैन । धुलाम्य सडक , सडक छेउछाँउका बोट, बिरुवा तथा सडक नजिक बनेका घरका बासिन्दा पनि यसको प्रतक्ष्य मारमा परिरहेका छन् । कतै धुलो र कमजोर कच्चि सडककै कारण दुर्घटना भएका खबर सुन्न नपरोस भन्ने चाहाना सबैको हुन्छनै तर हिउँदमा धुलो र वर्षातमा हिलोको कारण कैयो यातायातका साधन दुर्धटनामा परेकै छन तथापि यस तर्फ हाम्रो ध्यान जानु पर्दछ ।
बिश्वको विकासको तुलनामा हामिले गर्न के सक्छौ भन्ने कुरा प्रमुख हुदैन , हामिले के गर्न सक्छौ र गर्यौँ भनेर मुल्याकंन गर्ने बेला आएको छ ।
यो त एउटा पाटो मात्र हो अर्कोतिर हेर्ने हो भने प्रतक्ष्य रुपमा आज परेको असर केहि मानिसका निम्ति देखिएपनि भोलिका दिनमा यसको दुरगामि प्रभाव रहने कुरा नकार्न सकिन्न । बिकास आजको भोलि नै गर्नुपर्छ र सम्भव छ भन्ने कुरा पनि नहुन सक्दछ । तर पनि यसको क्रमिकताको विषयमा गम्भिर हुने बेला आएको मात्र होइन ढिला नै भैसकेको छ ।दैनिक रुपमा अस्पतालमा हुने भिडभाडको एउटा प्रमुख कारण बनेको छ सडक । मानिसमा देखिने बिभिन्न स्वासप्रश्वास सम्वन्धि समस्या तथा क्यान्सर जस्ता जटिल प्रकृतिका नसर्ने रोगको कारण बनिरहेको छ हाम्रो सडक ।
यातायातका साधनमार्फत वा सडकको माध्यमवाट कार्यालय हिडेका कर्मचारि, विद्यार्थी वा अन्य नियमित कामका निम्ति हिड्ने सर्वसाधारणको दैनिकि कष्टकर भएको कुरा कहिले सम्म नजरअन्दाज गरेर बस्ने हाला ? आजको आवस्यकता भनेको सडको बिस्तार मात्र होईन यसको गुणस्तरताको विषयमा पनि सँगै योजना बनाउनु जरुरी हुन्छ । जनताका महत्वाकांक्षा बढेका छन , यो स्वभाविक पनि हो ,संचारमाध्यमले कुरा उठाँउछन यो पनि सकारात्मक रुपमा लिनुपर्दछ । तर हामि कहिले ति आकांक्षा र विचारलाई आत्मसाथ गरेर अगाडि बढ्छौ हेर्न बाँकि नै छ । यो आजको नेतृत्वलाई मात्र दोष दिएर कोहि पनि उम्कने अवस्था छैन । तथापि परिवर्तनका लागि शुरु अनिवार्य छ । देशका विभिन्न स्थानमा सडक कालोपत्रे भएका छन यसलाई सकारात्मक रुपमा लिदै सन्तोष हुनु हुदैन भन्ने हाम्रो ठम्माई हो ।
विकासको एउटा चरणमा प्रवेश गरिसकेको यो अवस्थामा यो पनि बुझ्न जरुरि छ कि जव सम्म हिलाम्य र धुलाम्य सडकको उपचार खाजिदैन तबसम्म हाम्रा विकासका नारा, नारा मै सिमित रहने छन् । जनप्रतिनिधि , राज्यको कानुन बनाउने स्थानमा रहेका राजनैतिक नेतृत्व देखि आम कार्यकर्ता र कर्मचारि संयन्त्रको इच्छाशक्ति नै यसको दिर्घकालिन समाधान हुन सक्दछ । कतै हामिले बिराउँदै पो छौ कि ? जहाँ जिपका निम्ति यात्रु प्रयाप्त छैनन् , त्यहाँ बस लैजानुको मतलव के हुन सक्छ ? जेसिबि र डोजरका लागि काम दिनु र कसैलाई रोजगार दिने नाममा कतैको अधिकार हरण पो हुदै छ कि ? अब सोचौ पनि होला ।
पहाडमा उच्व जोखिमपुर्ण अवस्थामा घर टहराहरु छाडेर भिर र पखेरामा ठुला मेसिन चलाउनुको साटो सडक पक्कि बनाउने तर्फ ध्यान पुर्याउनु पर्दछ । राजनैतिक नेतृत्व प्रति निराशा पैदा भैरहेका बेला हामिमा पनि जनअपेक्षाको अबमुल्यन गर्ने संस्कारको त्याग जरुरी छ । राजनिति प्रति जनताको विश्वास पैदा हुन नसके हाम्रो ब्यवस्था पनि शंकाको घेरामा पर्न सक्छ भन्ने तर्फ ध्यान जानु आवस्यक छ । हिडेर यात्रा गरिने गोरेटा बाटाहरुको मुहार आज मोटरबाटोका रुपमा परिवर्तन हुँदा असुक्षित महसुष गर्न नपरोस भन्ने हाम्रो मान्यता हो । सडकमा यातायातका साधनको चाप बढिरहेका बेला यसको क्षमता र गुणस्तर वृद्धि गर्ने तर्फ समयमै ध्यान पुर्याउन नसके भोलिका दिनमा दुर्घटना बढ्नुका साथै पुरै पुस्ता रोगकै कारण अकाल मृत्युको शिकार बन्न सक्नेछन । यसले आम मानिसको स्वास्थ्य मात्र होइन समग्र देशको विकासमा पनि एउटा पुरै सताब्दिको मुल्य चुकाउनु पर्ने छ । हामि अझ पछाडि जाने छौ, यस तर्फ सोचौ र भोलिको देशको स्वस्थ तेतृत्व तयार गर्नेबारेमा आज नै गम्भिर बनौ ।
दर्दनाक सडक : दुर्घटना र रोगको कारण
तपाईको प्रतिक्रिया