२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

विद्या विनोद मा.बि. अड्गुरीमा ७ दिने योग शिविर शुरु

अर्घाखाँची — पाणिनि गाउँपालिका–७ अड्गुरीस्थित विद्याविनोद माध्यमिक विद्यालयमा योग शिविर सुरु भएको छ । भाद्र १६ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने सो शिविरको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद घिमिरेले दिप प्रज्वलन गरी गरेका हुन् ।
उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । विद्यालयको आयोजनामा सञ्चालन भइरहेको शिविरमा प्रशिक्षक ललिता भट्टराईले सहभागीलाई योग अभ्यास गराइरहेका छन् ।


विद्यालयले विद्यार्थीको शारीरिक, मानसिक स्वास्थ्य र आत्मअनुशासन प्रवर्द्धन गर्न शिविरको आयोजना गरिएको जनाएको छ ।कार्यक्रमको सन्चालन विद्यालयका प्रधानाध्यापक माधव भुसालले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार