पाणिनि गाउँपालिका वडा नं. ६ धातिवाङ्ग वडा कार्यालयको आयोजनामा वडा स्तरीय तिज गीत प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाएका थिए। प्रतियोगितामा कालिका स्वास्थ्य आमा समूह प्रथम, प्रगतिशिल स्वास्थ्य आमा समूह द्वितीय र जागरण स्वास्थ्य आमा समूह तृतीय भएका छन्। त्यस्तै, धातिवाङ्ग माध्यमिक विद्यालय बालक्लबलाई सान्त्वना पुरस्कार प्राप्त गरेको छ।

कार्यक्रमको अध्यक्षता कार्यपालिका सदस्य तथा कार्यक्रम संयोजक तारा पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथि वडा अध्यक्ष कृष्णप्रसाद पौडेल रहनुभएको थियो। कार्यक्रममा समाजसेवी इन्द्रमणि पौडेल विशिष्ट अतिथि रहनुभएको थियो।

निर्णायकमा गोविन्द पौडेल (संयोजक), अस्मिता परियार, रूकमिणा बेल्वासे, शंकर विष्ट र मधु बुढाथोकी हुनुहुन्थ्यो। धातिवाङ्ग माविका प्रधानाध्यापक नारायण आचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले गर्नुभएको थियो।


