२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

जहाँ दुख्छ त्यहाँ पहिलो पाइला नेपाल पुग्छ

प्रतिक्षा बेल्वासे / बुटवल ।

बादी सरोकार मञ्च नेपाल विरेन्द्रनगर–८, सुर्खेतमा पहिलो पाईला नेपाल, बुटवल शाखाले एकै दिनमा तीन सामाजिक कार्यक्रम सम्पन्न गर्दै कर्णाली प्रदेशमा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

उक्त कार्यक्रम अन्तर्गत बादि समुदायका ११० जना बालबालिकालाई कपी, कलम, पेन्सिल, इरेजर, कटर, कलर, ज्यामिती बक्स, पानीको बोतल, टिफिन बक्स र रुमालसहितका शैक्षिक सामग्री रहेको ‘भाग्य बोक्ने झोला’ वितरण गरियो।
त्यस्तै, निःशुल्क आँखाशिविर सञ्चालन गरी आवश्यकताअनुसार औषधि तथा चश्मा वितरण गरिएको थियो। जहाँ मेट्रो आई केयर लुम्बिनी द्वारा सेवा प्रदान गर्नुभएको थियो।
खाद्यान्न वितरण कार्यक्रमअन्तर्गत १० बोरा चामल, २ बोरा दाल र २ कार्टुन तेल प्रदान गरिएको थियो।

उक्त कार्यक्रम बुटवल शाखा अध्यक्ष गोमा भट्टराईको अध्यक्षतामा र वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ डा. सुषिल समदर्शी को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव रुद्र खनालले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष गौरव खनालको स्वागत मन्तव्य, केन्द्रीय सदस्य राजन अधिकारी ,समाजसेवी रत्नलाल न्यौपाने, बादी सरोकार मञ्च नेपालका सञ्चालक हिक्मत बादी,र सल्लाहकार गङ्गाधर न्यौपानेले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रमको धन्यबाद मन्तव्य सह–सचिव प्रकाश पोखरेलले प्रस्तुत गरेका थिए।
कार्यक्रमहरूको संयोजकहरू : भाग्य बोक्ने झोला कार्यक्रम संयोजक- द्धितिय उपाध्यक्ष मनिस खनाल र कार्यसमिती समिति सदस्य सोमनाथ खनाल, निःशुल्क आँखा शिविर संयोजक: सह–सचिव प्रकाश पोखरेल र खाद्यान्न वितरण कार्यक्रम संयोजक: सदस्य नविन पोखरेल, हुनुहुन्थ्यो।


कार्यक्रमले शिक्षा, स्वास्थ्य र मानवीय सेवामा बुटवल शाखाको योगदानलाई अझ सुदृढ बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार