२० कार्तिक २०८२, बिहिबार
२० कार्तिक २०८२, बिहिबार

पाणिनी – ७का रेश्मी परिवारलाई लायन्स क्लबको सहयोग

पाणिनि/ अर्घाखाँची ।
पाणिनि गाउँपालिका वडा नं. ७ अडगुरीमा बसोबास गर्दै आएका अति विपन्न तथा अपाङ्ग डोलबहादुर रेश्मीलाई लायन्स क्लब पाणिनी अर्घाखाँचीले खाद्यान्न तथा लत्ताकपडा सहयोग हस्तान्तरण गरेको छ।
लायन्स क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना सदस्यहरूबाट आर्थिक सहयोग सङ्कलन गरी चामल, दाल, तेललगायतका खाद्यान्न सामग्री र लत्ताकपडा सहयोग स्वरूप प्रदान गरेको हो।
घरमा एक्लै बस्दै आएका रेश्मी अपाङ्गसमेत भएकाले यस सहयोगलाई अत्यन्त आवश्यक र सान्दर्भिक मानिएको छ। क्लबले खाद्यान्न हस्तान्तरणलाई सामाजिक सेवाको थालनीका रूपमा लिँदै आगामी दिनमा आवास व्यवस्थापनको पहल पनि गर्ने अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिए।
सहयोग हस्तान्तरण कार्यक्रममा पाणिनि गाउँपालिकाका पूर्व अध्यक्ष अच्युत गौतमले क्लब निरन्तर मानवीय र सामाजिक कार्यमा सक्रिय रहँदै आएको बताउँदै यस्ता सेवामुलक कार्यहरूलाई अझ सशक्त बनाउँदै लैजान आग्रह गरे।
कार्यक्रममा शिवमदन माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तुल्सीराम पौडेल, लायन्स क्लब वर्ष २०२५/०२६ का अध्यक्ष विष्णुभक्त पोख्रेल, प्रथम उपाध्यक्ष राजेन्द्र पौडेल, द्वितीय उपाध्यक्ष घनश्याम पौडेल, सचिव कृष्णप्रसाद गैरे, सहसचिव ठाकुर अधिकारी लगायत लायन्सका सदस्यहरूको उपस्थिति थियो।
कार्यक्रममा स्वागत मन्तव्य क्लबका उपाध्यक्ष राजेन्द्र पौडेलले राखेका थिए। कार्यक्रममा शिवमदन माविका शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको समेत उपस्थिति रहेको थियो कार्यक्रमको सन्चालन घनश्याम पौडेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार