देउसी भैलोमा उठेको रकमबाट बिद्यालयलाई सहयोग

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा न. ७ झन्द्रेकको रोइला ग्रुप द्धारा आयोजित देउसी भैलो कार्यक्रममा उठेको रकमबाट स्थानीय जनसेवा माध्यमिक बिद्यालयमा निर्माणाधीन सरस्वती मन्दिरको लागि नगद १० हजार सहयोग गरेको छ ।

ग्रुपका संयोजक प्रकाश प्युठानिले उक्त रकम बिद्यालयका प्रधानाध्यापक शालिकराम बेल्वासेसहितको उपस्तिथिमा मन्दिर निर्माण समितिका संयोजक गोबिन्द बिश्वकर्मालाई उक्त रकम हस्तान्तरण गर्नुभएको छ ।

भैलो कार्यक्रमका सम्पुर्ण सदस्यहरुको उपस्थितिमा रकम हस्तान्तरण गरिएको छ । बिगत देखि नै सामाजिक उत्तरदायित्व अन्तरगत रोइला ग्रुपले  बिद्यालयमा सहयोग गर्ने, जेष्ठ नागरिक सम्मान गर्ने जस्ता रचनात्मक कार्यहरु गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार