माधव बेल्वासे ,अर्घाखाँची
पृथ्वीको तापक्रम दिनानुदिन बढिरहेको छ । अहिले रुख बिरुवाले पालुवा फेर्न झारेका पुराना पात सुकेका छन् । वनमा डढेलो लाग्दा आगो चाँडै फैलन सक्छ । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप मात्र हुदैनन नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा रहन सक्छन् ।यसपालि हिउँदे वर्षा भएको छैन यसले डढेलो झन् फैलिन सक्छ । बेलैमा सचेत नबने यस बाट हुने आकलन गरे भन्दा धेरै गुना महंगो पर्न सक्छ । आगलागिको जोखिम बढ्दै छ तर यसबाट हुने क्षति पुर्वानुमान हुदैन ।
हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने हुदा वन क्षेत्र नजिकका बासिन्दाहरुले बढि सर्तकता अपनाउन जरुरि हुन्छ ।
चैत लागेसँगै देशका बिभिन्न भागमा बढेको डढेलोले वन क्षेत्र उजाड हुने क्रम बढेको छ यसका साथै जिव जनावर, बन्यजन्तु तथा मानविय क्षति पनि हुने गरेको छ । हाम्रो सानो लापर्भाहि तथा कमजोरिले पछुतो हुन सक्छ भन्नेबारेमा आज नै सोच्न जरुरि भैसकेको छ । बिश्वका कैयौ मुलुकहरु यो विपतलाई राष्ट्रिय संकटका रुपमा लिने गर्दछन् । हुन त हाम्रो देशमा पनि डडेलो नियन्त्रणका लागि बिभिन्न उपायहरु अपनाउन भन्दै बिभिन्न गोष्ठि तथा सेमिनारहरु र सुचना सम्प्रेषण पनि हुने गर्दछन् । यसैका लागि कैयौ राज्यकोष खर्चिएको पनि छ तर हामिले यसलाई सधै हलुका रुपमा लिएका छौ जस्तो लाग्दछ । वर्षेनि हुने आगलागि र यसबाट हुने क्षति न्युनिकरण गर्न बिशेष कार्यक्रम हरु ल्याउन जरुरि भैसकेको छ।