२५ असोज २०८१, शुक्रबार
२५ असोज २०८१, शुक्रबार

पर्यटन प्रवर्द्धन कार्यक्रमकको औचित्य र सार्थकता

प्रकाश प्युठानी / पाणिनी न्युज डट.कम.
अर्घाखाँची जिल्ला यसैपनि पर्यटकिय सम्भावना बोकेका, ऐतिहासिक तथा धार्मिक रुपमा पनि पावन हो । जिल्लाका कैयौं यस्था स्थानहरु छन्, जहाँ पर्यटकका लागि प्रचुर सम्भावना र बसाईका लागि दिन लामो होस भन्ने कामना गरिन्छ । तर प्रचारप्रसारको अभाव तथा स्थानिय रुपमा कम महत्व दिईदा पनि त्यस्ता पावन भुमिहरु ओझेलका परिरहेको महशुष गरिएको अवस्था हो ।
जिल्लाको मात्र नभएर देशकै पहिचान बोकेको जनविश्वासको आधार सुपादेउरालि मन्दिर जसले अर्घाखाँची प्रवेश गर्नेहरुलाई आशिर्वाद सहित स्वागत गरिरहेकि छिन, यहाँ दैनिक हजारौँ दर्शनार्थि देश तथा भारतका विभिन्न स्थानबाट आउने गर्दछन् । यस्तै पाणिनी ऋषिको तपस्या र संकृत व्याकरणको प्रादृभाव भएको संस्कृत ब्याकरणका १४ सुत्र प्रतिपादित भएको पवित्र भुमि पाणिनी तपोभुमि पनि जिल्लाको पुर्वि द्वारमा पर्यटकको पर्खाईमा रहेको छ ।
यी बाहेक जिल्लामा थुप्रै पर्यटकका लागि आकर्षक र मनमोहक भुमिहरु छन् जस्तै मैदानको महाँ मृत्युन्जय कालिकाठि जहाँ शिवको पावन भुमि मानिन्छ, आस्था र विश्वासको पवित्र देवालय आलमदेवि, धातिवाङको सिद्धेश्वर गुफा यस पावन भुमिमा राजा पाण्डुकी अर्धाङ्गिनि कुन्तालाई पवित्र मन्त्र श्रवण गराईएको थियो भन्ने जनविश्वास पनि रहिआएको छ , सोहि स्थानकै भद्रशिला । पौराणिक छत्रमहाराज, बल्कोट पौवा, खाचिँकोट को काखँमा अवस्थित नरपानिको सितल भुमि, सुन्दर सन्धिखर्क, अर्घा भगवतिको मन्दिर, अर्घा दरवार, रक गार्डेन,डमरु दह, दुर्वाशेश्वर गुफा, शिवालयहरु त कति कति ?, सन्धिखर्कको शान्ति बगैँचा, विभिन्न स्थानमा रहेका बौद्ध गुम्वा तथा मस्जिदहरु । यी त जिल्लाका केहि नमुना र उदाहरण मात्र हुन । यस्ता कैयौँ धार्मिक तथा इीतहाससँग पनि गासिएका स्थानहरुको भ्रमण जो कोहिलाई गर्न मन लाग्नु स्वभाविक नै मानिन्छ ।
यसै सन्दर्भमा नेपाल पत्रकार महासँघ जिल्ला शाखा अर्घाखाँचीले २ महिने अभियान संचालन गर्दै पर्यटन प्रवर्द्धन कार्यक्रम गर्ने भएको खवरले आम मानिसमा यसको प्रतिफलका विषयमा चासो लाग्नु पनि स्वभाविक मान्न सकिन्छ । कतिपयले त यसको औचित्य माथि पनि प्रश्न उठाउन खोजिरहेको सामाजिक संजालहरुमा देखिएको छ । तर आज बसाईसराईबाट ग्रामिण क्षेत्रहरु रित्तिदै गर्दा यो कार्यक्रमले अझै गाउँहरु बस्न लायक छन है भन्ने सन्देश दिन खोजेको देखिन्छ । ग्रामिण सुन्दरता शहरको अस्वस्थ प्रतिप्रधा भन्दा कैयौँ गुणा बढि लोभलाग्दो छ भन्ने सन्देश दिन कार्यक्रम सार्थक हुने देखिन्छ । गाँउका पर्यटकिय गन्तब्यहरु जानाकारिको अभावमा ओझेलिनु नपरोस भन्ने निहित स्वार्थमा केन्द्रित कार्यक्रम सफल बनाउन महासँघको अघुवाईमा जिल्लाको सम्पुर्ण नेतृत्व पंति लाग्नुले पनि यसका पछाडि जिल्लाको पर्यटकिय सम्भावनामा पहुँच वृद्धि गर्नु चुनौति हुदाहुदै पनि सम्भव हुनेमा धेरैको विश्वास भने जागेको देखिन्छ ।
स्थानीय संचार माध्यम, पत्रकारहरु आर्फै यस पुण्य कार्यमा सरिक मात्र भएनन नेतृत्व नै गरेर यसरि प्रचार खटिदै अर्घाखाँची आउन प्रेरित गर्नु आफैमा राम्रो मानिएको छ । देशको प्रमुख कार्यकारि पदमा रहेका प्रधानमन्त्रि नै आएर उद्घाटन गर्ने तालिका राखेर तय गरिएको कार्यक्रमको सन्देश अवस्य पनि फलदायी हुने कुरामा शंका गरिरहनु पर्दैन । हाम्रो अर्घाखाँची राम्रो अर्घाखाँची बनाउन पक्पैपनि यो अभियानको सार्थकता र औचित्य पुष्टाई गरिरहनु पर्छ भन्ने लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार