पाणिनी,अर्घाखाँची ।
झट्ट हेर्दा कुनै सहरको फलफुल मन्डी जस्तो देखिने यो दृस्य कुनै सहरको मन्डी नभएर अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका सुन्तला किसान ले सुन्तला बजार पठाउने तयारी को दृश्य हो। अर्घाखाँची जिल्लाको सुन्तला पकेट क्षेत्र भनेर चिनिने पाणिनी गाउँपालिका पणेना १ सिम्लेका किसानहरुलाई यति बेला सुन्तला टिपेर बजार पुर्याउन भ्याइ नभ्याइ छ। ।यहाँका प्रत्येक सुन्तला किसानले बार्षिक न्यूनतम ५० हजार देखि २२ लाख सम्मको सुन्तला बिक्री गर्ने गर्दछन् । यश बर्ष पणेना १ बाट मात्रै ५ करोड भन्दा माथीको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ ।
यस गाउँ मा सुरुमा सुन्तला को बिरुवा ल्याउने स्वर्गीय निलाराज पौडेल हुन् ।उन्ले सुरुमा गुल्मी जिल्लाको नयाँगाउँ भन्ने बाट सुन्तलाका बिरुवा ल्याएका थिए ।
परम्परागत खेती बाट बार्षिक पचास हजार को आम्दानी नगर्ने यहांका किसान ले अहिले लाखौं को सुन्तला उत्पादन गरेका छन् ।
गत बर्ष १३ लाख को सुन्तला बेचेका हरि प्रसाद पौडलले अहिले १७/१८ लाख को बेच्ने बताउँछन ।
सिम्ले गाउँ का ४६ घर परिवार ब्यबसायिक रुपमा सुन्तला खेती गरिरहेका छ्न ५र७ जना को परिवार पाल्न बिदेश जान नपरेको किसान गगा गौतम बताउँछन ।
पछिल्लो समय दैनिक सयौ को सन्ख्या मा दक्ष जनसक्ती बिदेसिन बाध्य भैरहदा यश गाउँ का युबा युवती , बृद्ध देखि सरकारी जागिर गरिरहेका ब्याक्तिहरु पनि सुन्तला खेतीमै लागेका छ्न कृषक नागेन्द्र गौतम यहाको सुन्तलाको स्वाद फरक छ भने यहाको सुन्तला बुटवल,पाल्पा ,भैरहवा ,चितवन , काठमाडौं,पोखरा ,धरान लगायतका का सहरहरू निर्यात भइरहेको छ भने बिचौलियाले गर्दा किसानले पाउन पर्ने उचित मुल्य नपाएको कृषक मतिराज गौतम बताउँछन ।
सिम्ले को सुन्तला बगैंचा हेर्नको लागि आन्तरिक पर्यटन समेत आउने गरेका छन् ।अर्घाखाँची मा गत वर्ष २४ करोड बराबर को सुन्तला उत्पादन भएको थियो भने अहिले उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।
पाणिनी गाउँपालिकाबाट मात्रै गत बर्ष ७ करोड बराबरको सुन्तला निर्यात भएको थियो भने यश बर्ष बढेर १० करोड को उत्पादन हुने पाणिनी गाउँपालिका का कृषी अधिकृत मेघराज पौडेलले बताउँछन ।विशेष गरी सुन्तला किसानहरू को बाजार लाई मध्यनजर राखी लुम्बिनी प्रदेश सरकार को करीब तीन करोड लगानी र श्री शिवशक्ति मिर्षित कृषक समुह को सक्रियता मा तीन सय मेट्रिक टन क्षमताको चिस्यानकेन्द्र निर्माण गरिएको छ। अहिले पनि चिस्यान केन्द्र मा सुन्तला सेनिटाइज विधि बाट राखीएको छ ।
पाणिनी १ सिम्ले का ४६ घर परिवार ब्यबसायिक रुप मा सुन्तला खेती मा लागेका छ्न । अर्घाखाँची को पाणिनी, छत्रदेब , मालारानी लगायत का छेत्रहरु मा गरु अर्घाखाँची मा १२ सय हेक्टर जमिन मा सुन्तला खेती गर्दै आइएको छ । देशमा केहि अबसर नभएर दैनिक लाखौको संख्या मा बिदेसिन बाध्यता छ भनिरहदा यहाका किसानहरुलाई भने जापान अमेरिका गएर कमाउने कमाइ यहि कमाइ रहेका छ्न ।