योग गुरु तथा धार्मिक अभियान्ता बाबा योगिराजले सत्य कहिल्यै पुरानो नहुने बताउनुभएको छ । योगिराजले बेदको अध्ययन बिना धर्मको मर्म बुझ्न नसकिने बताउनुभयो। आजका बालबालिकाहरुमा संस्कार र बुवा आमा र अग्रजप्रतिको धारणा ,जिम्मेवारीमा परिवर्तनको आवस्यकता रहेको बताउनुभएको हो । आधुनिकताका नाममा पुर्वीया दर्शन र आदि धर्मका बारेमा नकारात्मक टिप्पणी हुन नहुनेमा सचेत रहनुपर्ने उल्लेख गर्नुभएको छ ।
बाबा योगिराजले आर्युर्वेद र योग स्वस्थ शरीर र स्फुर्त मनको औषधि भएको भन्दै सनातन धर्मको महत्व कहिल्यै नघट्ने कुरा पनि बताउनुभएको छ । वैदिक सनातन धर्म सेवा समाज अर्घाखाँचीको प्रथम साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहको प्रमुख अथितिका रुपमा मन्तव्य दिदै बाबा योगिराजले यस्तो बताउनुभएको हो ।
सत्य कहिले पुरानो हुन्न : बाबा योगिराज
बेल्वासे पाणिनि न्युज डट कमका प्रधान-सम्पादक हुन् ।
तपाईको प्रतिक्रिया