अर्घाखाँची जिल्लाको सितगङा नगरपालिका वडा न. ४ मा जन्मिएकि प्रकृति गैरे मोडल र डान्समा चर्चाको सिखरमा पुगेकी छिन ।उनी घरकि सात सन्तान मध्ये कान्छी छोरी हुन । दुई वर्षको हुदा बुवा गुमाएकी उनलेे सानै उमेर देखि नाच्नमा रुचि राख्ने, बिद्यालयमा हुने कार्यक्रम देखि गाउँ घरमा खेलिने देउसि भैलोमा पनि नाच्न अगाडि थिइन ।
शितगङ्गा डान्स आइडल २०७६ मा प्रथम हुन सफल समेत भएकि थिइन ।
बिगतमा साझ बिहान खान धौ धौ हुने उनको परिवार आज अर्कोलाई सहयोग गर्न सक्ने भएको छ ।
अहिले उनको परिवारका सदस्य सबै आफ्नो आफ्नो क्षेत्रमा जमेका छ्न । अहिले उनी अध्ययन संगै डान्सिङको लागि बुटवलमा बस्दै आएकि छ्न ।
अहिले उअनलाई नचिन्ने प्रायः कमै होलान, गाडीमा हिँड्दा होस या बाटोमा हिड्दा होस उन्लाइ सबैले सोध्ने गर्दछ्न।उनी अहिले सम्म करिब ४० जिल्ला घुमिसकेको बताउन्छिन भने बिदेशका स्टेज कार्यक्रममा पनि उनको माग उत्तिकै रहेको छ । विशेष गरि अहिले डान्सरको रुपमा सबैले चिन्ने गर्दछ्न । यहाँ सम्म आउनुमा उनको कडा मेहनत अनि आमाको साथ रहेको उनी भन्छिन ।
सरल स्वभाव र सबै संग छिटो घुलमिल हुन सक्ने उनको विशेषता पनि हो ।
महिनाको लाखौ कमाउन सक्ने भएकि गैरे धेरै मेला महोत्सवमा निर्णायकको भुमिकामा पनि देखिने गरेकी छिन ।
सानै देखि कृश्चियन धर्मलाई अगाल्दै आएकी गैरे पछिल्लो समय कलाकारहरुलाई बाच्न गाह्रो छ भनिरहदा प्रकृतिको यो चर्चाले मेहनत गरेर दर्शकको रुचि बुझ्न आवस्यक रहेको प्रष्ट झल्किन सक्छ ।