२० कार्तिक २०८२, बिहिबार
२० कार्तिक २०८२, बिहिबार

पोखराथोकमा जारी तेस्रो वडा अध्यक्ष भलिबल क्लबको उपाधि रजौसालाई

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोकमा कार्तिक २२ र २३ गते सञ्चालन भएको तेस्रो वडा अध्यक्ष भलिबल कपको उपाधि पोखराथोक साबिक ७ नम्बर वडाको रजौसा भलिबल टिमले हात पारेको छ। आज भएको खेलमा कमैघारी लाई हराउँदै रजौसा प्रथम भएको हो।

त्यस्तै द्वितीय पोखराथोक साविक ८ को कमैघारी भलिबल टिम र तृतीय पोखराथोक साविक १ को भलिबल टिम भएका छन्। भलिबल खेलमा बेस्ट प्लेयरको रुपमा रजौसा टिमका खेलाडी दीपक मगरले पुरस्कार हात पारेका छन्।


भलिबल खेलमा प्रथम हुनेले १५ हजार सिल्ड मेडल र प्रमाणपत्र, द्वितीय हुनेले १० हजार सिल्ड मेडल र प्रमाणपत्र र तृतीय हुनेले ५ हजार सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने प्रथम द्वितीय र तृतीय हुनेलाई वडा कार्यालयले जर्सी समेत दिएको छ।
पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोकका वडा अध्यक्ष चन्द्रकान्त पौडेलको अध्यक्षता सुरु भएको कार्यक्रमको प्रमुख अतिथि पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेलको गौतम, विशिष्ट अतिथि पाणिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने रहनुभएको थियो। कार्यक्रममा बोल्दै वडा नं २ का अध्यक्ष चन्द्रकान्त पौडेलले खेल र खेलाडीहरूको क्षमता विकासको लागि खेल आयोजना गरिएको र खेलाडीहरूलाई यी र यस्ता कार्यक्रमले हौसला प्रदान गर्ने बताउनु भएको थियो भने कार्यक्रमको सञ्चालन पाणिनी गाउँपालिका वडा नं २ वडा कार्यालयका सचिव गीता वाग्लेले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार