अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका मा जारी दोस्रो अध्यक्ष कप रनिङ सिल्ड भलिबल प्रतियोगिता २०८१ को उपाधि पाणिनी ४ पटौटिले जितेको छ। पाणिनी गाउँपालिका को बरका रुख खेलमैदानमा कार्तिक २८ गतेदेखि सञ्चालन भएको प्रतियोगिता कार्तिक ३० गतेसम्म चलेको थियो ।
प्रतियोगितामा गाउँपालिका भित्रका वडाको टिम र पालिका कर्मचारीको टिम सहित आठ टिम को सहभागिता रहेको थियो। प्रतियोगितामा द्वितीय स्थान पाणिनी १ पणेना तृतीय स्थान पाणिनी दुई पोखराथोक र सान्त्वना पाणिनी पाँच मैदान को भलिबल टिम ले हात पारेका छन्। पाणिनी एक पणेना गत वर्षको अध्यक्ष कप रनिङशील भलिबल प्रतियोगिताको विजेता हो भने पाणिनी चार पटौटी गतवर्षको तृतीय स्थान हासिल गरेको भलिबल समूह हो। गत वर्ष द्वितीय स्थान हासिल गरेको खिदिम ३ यो वर्ष भने कुनै स्थान हासिल गर्न सकेन। प्रतियोगितामा प्रथम हुनेले ५० हजार टर्फी मेडल र प्रमाणपत्र द्वितीय हुनेले २८ हजारतर्फी मेडल र प्रमाणपत्र तृतीय हुनेले १५ हजार टर्फी मेडल र प्रमाणपत्र र शान्त्वना स्थान हात पारेको समुहले १० हजार टर्फी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।