२० कार्तिक २०८२, बिहिबार
२० कार्तिक २०८२, बिहिबार

पणेनामा जारी दोस्रो वडा अध्यक्ष भलिबल कप प्रतियोगिताको उपाधि साविक दुई नम्बर वडालाई

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर एक पणेना मा दोस्रो वडा अध्यक्ष भलिबल कप प्रतियोगिता सम्पन्न भएको छ। जेठ १७ गते सम्पन्न भएको प्रतियोगितामा कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष कमलप्रसाद पोख्रेल प्रमुख अतिथि, पाणिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, वडा सचिव गोविन्द बिक, वडा सदस्यहरू, समाजसेवी, बुद्धिजीवी ,राजनीति दलका पार्टी प्रतिनिधि साथै पत्रकारहरूको उपस्थिति रहेको थियो।

प्रतियोगितामा वडाभित्रका छ वटा टिम र पाणिनी गाउँपालिका कर्मचारी को एउटा टिमगरी सातवटा टिमहरूले सहभागिता लिएका थिए। जसमा तृतीय स्थान पाणिनी गाउँपालिकाको कर्मचारीको टिम, द्वितीय स्थान पणेना साविक २ को बि टिम र प्रथम स्थान साबिक २ को ए टिम ले हात पार्न सफल भए जसमा प्रथम हुनेले रु १२००० टर्फी ,मेडल ,प्रमाणपत्र र जर्सी द्वितीय हुनेले रु ८००० टफी, मेडल ,प्रमाणपत्र र जर्सी र तृतीय हुनेले रु ४ ०००टर्फी, मेडल, प्रमाणपत्र र जर्सी प्राप्त गरेका छन् ।साथै खेलमा बेस्ट स्पाइकर अन्तर्गत तीनजना खेलाडीहरूले पुरस्कार जित्न सफल भए का थिए भने कार्यक्रमको सञ्चालन वडा सचिव गोविन्द बिकले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार