सुनौलीमा स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली व्यवसायी पक्राउ

रुपन्देही ।
नेपाल–भारत सीमा सुनौलीमा स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली व्यवसायी पक्राउ परेका छन्।

सोमबार बिहान करिब १० बजेतिर भारतबाट नेपाल आउँदै गरेका सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनारलाई स्रोत नखुलेको
नेपाली रूपैयाँ ७२ लाख ८० हजार सहित पक्राउ परेको सुनौली प्रहरी चौकीले जनाएको छ।

सुनार नेपाल आउँदै गर्दा दशगजा क्षेत्रमा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँचका क्रममा पक्राउ परेका हुन्।

कारमा आउँदै गरेका सुनारको साथबाट बरामद गरिएको ७२ लाख ८० हजार नगद कुन प्रयोजनको लागि ल्याइदै थियो भन्ने खुलेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

ताजा समाचार