एमाले सशत्त प्रतिपक्षको भुमिका निर्वाह गर्छ : एमाले नेता घिमिरे

गणेश खनाल
अर्घाखाँची ।
नेकपा एमाले पोलिटव्युरो सदस्य विमला घिमिरेले नेकपा एमाले सशत्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताउनुभयो । प्रतिपक्षमा बसेर जनताका आवाजलाइ बुलन्द पार्ने घिमिरेको भनाइ रहेको छ ।
मिसन ग्रासरूट अभियान अन्र्र्तगत शितगंगा नगरपालिकामा भएको अभिमुखिकरण कार्यक्रममा बोल्दै घिमिरेले यस्तो बताउनुभएको हो ।
घिमिरेले राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउने गरि पार्टीले पहलकदम लिइरहेको समेत बताउनुभयो ।May be an image of 7 people, people sitting and people standingकार्यक्रम केन्द्रीय सदस्य चेतनारायणले आर्चाय मिसन ग्रासरूटको अभियानले नेताहरूको पनि परीक्षा भइरहेकाले सोहि अनुसार काम गर्न नेताहरूलाइ निर्देशन दिनुभयो ।

कार्यक्रममा जिल्ला अध्यक्ष पिताम्वर भुसाल, प्रदेश सदस्यहरू कुटमदिन अलि, प्रकाश ज्ञवालि, नेताहरू बसन्त श्रेष्ठ, ऋषि घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो ।

नेकपा एमाले शितगंगा नगर कमिटीको आयोजनामा मिसन ग्रासरूट अभियान अन्तर्गत आज ठाडामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।May be an image of 6 people, people standing and people sittingकार्यक्रममा नेकपा एमाले केन्द्रीय पोलिटव्युरो सदस्य विमला घिमिरे,केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज चेतनारायण आर्चाय,नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसाल, प्रदेश सदस्य कुटमदिन अलि, प्रदेश सदस्य प्रकाश ज्ञवाली ,मोतिराज गौतम लगायतले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रम नगर अध्यक्ष वसन्त श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष सञ्जय रानाको स्वागत मन्तव्य र सचिव ऋषि घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार