भागिरथी स्मृती प्रतिष्ठानको आयोजनामा पत्रकार सम्मेलन

कमला परियार / अर्घाखाँची
अर्घाखाँचीमा रहेको भागिरथी स्मृती प्रतिष्ठान (भागिमा)को आयोजनामा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
२०७० साल पुष २ गते सस्था दर्ता भएको यस सस्थाले देश विदेशमा छरिएर रहेका खनाल बन्धुहरुलाई एकजुट बनाउने उद्देश्य लिएको छ । कार्यक्रममा यहि भाद्र १२ गतेका दिन प्रतिष्ठानले खनमा निर्माण गरिएको भवनको उद्घाटन गर्ने जानकारी पत्रकार सम्मेलनमार्फत दिएको थियो । उक्त दिन अर्घाखाँची र छिमेकी जिल्लामा रहेका खनाल बन्धुहरु, माईती र भान्जाभान्जि जम्मा भई तिजको दर खुवाउने कार्यक्रमको पनि आयोजना गरिएको सस्थाका सचिव बिष्णु प्रसाद खनालले बताउनुभयो । साथै सोही दिन तिज गित, भजन कृतन समेत गर्ने आयोजकले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा खनालहरुको उद्गम स्थल मालारानी गाउँपालिका वडा नम्वर ४ मा भएको र यसलाई ऎतिहासिक बनाउने गरि काम अगाडि बढेको सस्थाका अध्यक्ष जनार्दन खनालले बताउनुभयो ।
कार्यक्रममा मालारानी गाउँपालिकाका निवर्तमान अध्यक्ष बालकृष्ण आचार्य, नेपाल पत्रकार महासङ्गका अध्यक्ष अशोक खनाल, हिन्दु धर्म रक्षा परिषद्का केन्द्रिय अध्यक्ष धार्मिक तथा समाजसेवी व्यक्तित्व नारायण प्रसाद खनाल लगायतले मन्तव्य राख्नुभएको थियो । पत्रकार सम्मेलन प्रतिष्ठानका अध्यक्ष जनार्दन खनालको अध्यक्षता, सचिव बिष्णु प्रसाद खनालको स्वागत मन्तव्य र गणेश खनालको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार