जनकल्याण युवा क्लवले गर्ने सांस्कृतिक कार्यक्रमको तयारि पुरा

अर्घाखाँची / पाणिनी
पाणिनी गाँउपालिका वडा न. ७ मा क्रियाशिल जनकल्याण युवा क्लवले भोलि आईतवार गर्ने सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारि पुरा भएको आयोजकले बताएको छ । पाणिनी गाँउपालिकाको वडा न. ७ मा रहेको जनसेवा माध्यमिक विद्यालयको खेलमैदानमा हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने क्लवका उपाध्यक्ष प्रकाश प्युठानीले बताउनुभएको छ । संझना लामिछाने सहित बसन्त लम्साल लगायत थुप्रै कलाकारको साथमा सांगितिक कार्यक्रम गर्ने योजना आयोजकको रहेको बुझिएको छ । धेरै कलाकारहरु आईसक्नुभएको र कतिपय आउदै गर्नुभएको र कार्यक्रम स्थलको सम्पुर्ण तयारि पुरा भएको क्लवका सचिव केशव शुर्यवंशीले जानाकारि दिनुभएको छ ।
क्लवले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ । स्थापनाकालदेखि नै सक्रिय यो क्लवले हरेर वर्ष सांस्कृतिक कार्यक्रम पनि गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार