धुर्कोटमा खोलाले बगाउँदा एक महिलाको मृत्यु

तम्घास ।
दशैको टीका लगाउन माइत जाने क्रममा एक महिलालाई खोलाले बगाउँदा मृत्यु भएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तुकि ४१ वर्षीया लक्ष्मी कुवरको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका
प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।

बुधवार साँझ ६ बजे तिर आफ्नो घर वस्तु बाट माइतीघर धुर्कोट गाउँपालिकाको पिपलधारा जाने क्रममा अरौदीं खोलाले बगाएर उनको मृत्यु भएको हो ।

कुवरको शव करिब एक किलोमीटर तल भेटिएको प्रहरीले जनाएको छ ।
लगातारको बर्षका कारण दशैं संगै दैनीकी समेत प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार