कपिलवस्तुमा मतगणना रोकियो

कपिलवस्तु
कपिलवस्तुमा मतगणना रोकिएको छ । कपिलवस्तु क्षेत्र नं ३ को प्रदेशसभा १ तर्फको मतगणना रोकिएको हो ।

पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार अर्जुन केसीले ११ हजार ७३५ मत पाउदा लोसपाका उम्मेदवार रविदत्ता मिश्राले ११ हजार ७२८ मत पाएका छन् ।

केसी निर्वाचित भइसकेको एमाले नेता कार्यकर्ताको दाबी छ । उनीहरूले ७ मतले केसी विजयी भएको बताएका छन् ।

अर्कातर्फ लोसपाका नेता-कार्यकर्ताले भने मतगणनामा धाँधली भएको भन्दै नाराबाजी गरेका छन् । जसका कारण मतगणना रोकिएको छ । अर्कातर्फ निर्वाचन अधिकृतले भने आधिकारिक रूपमा विजयी घोषणा गरेका छैनन् ।

नाराबाजी हुन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार