तम्घास ल्याउँदै गरेको ६० लिटर घरेलु मदिरा नष्ट

गुल्मी ।
गुल्मीमा प्रहरीले सवारी सधानमा राखेर तम्घास ल्याउदै गरेको घरेलु रक्सी बरामद गरेर नष्ट गरेको छ ।

रिडीबाट तम्घासतर्फ आउँदै गरेका चार वटा सार्वजनिक सवारी साधनमा चेकजाँचको क्रममा प्रहरीले घरेलु रक्सी (मदिरा)फेला पारेको थियो ।

बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।

करिव ६ू लिटर रक्सी बरामत गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

रक्सी सदरमुकाममा बिक्रीका लागि ल्याएको हुनसक्ने प्रहरीकोे अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार