अर्घाखाँचीमा कुकुरले खाँदै गरेको अबस्थामा बेवारिसे शिशुको शव फेला

अर्घाखाँची ।
अर्घाखाँचीमा कुकुरले खाँदै गरेको अबस्थामा बेवारिसे शिशुको शव फेला परेको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १ गुन्टेखोला स्थित माछा पसल नजिकै कुकुरले खाँदै गरेको अवस्थामा बेवारिसे शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

विधत्स अवस्थामा भेटिएको शिशुको शब जिल्ला अस्पताल सन्धिखर्कमा पोष्ट माटमको लागि लगिएको छ । उक्त शिशु छोरा रहेको छ । शिशु कस्को र के कारणले फालिएको भन्ने कुरा खुलेको छैन । यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक पौडेलको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार