लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित

दाङ ।
लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ।

पुस १५ गते सात वटा प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने योजना थियो। तर, अन्य प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु भएकाले यसपालिको सम्मेलन स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रदेश सरकारको पाँच वर्षे कार्यकालको समीक्षा र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्ने तयारी रहेको थियो।

स्थायी राजधानी देउखुरी भ्रमण गराउने उद्देश्य भए पनि अब आउने नयाँ मुख्यमन्त्रीहरु सहभागी हुने गरी सम्मेलन गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार