भालुको आक्रमणबाट एक जनाको ज्यान गएपछि सचेत रहन प्रहरिको अनुरोध

अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. २ सितापुरका राम बहादुर भाटको भालुको आक्रमणमा परि मृत्यु भएको छ । ७९ वर्षिया भाट बुधबार बिहानै भाडा बनाउँन झिरा आउँने क्रममा शितगंगा– २ ओखारीमा भालुले झम्टिदा उनको मृत्युु भएको जानकारी प्राप्त भएको हो ।

भालुले झम्टेको नजिकैका स्थानीयले थाहा पाएपछि तत्काल घटनास्थल पुग्दा भालु सडकमै थियो । घटनास्थलमा स्थानीय जम्मा भएपछि भालु भागेको स्थानीयले बताए । घटनास्थलमा स्थानिय जनप्रतिनिधी, इलाका प्रहरी कार्यालय ठाडा सहित स्थानिय बासीन्दाहरु जुटेका छन् ।
घटना पछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार