न्युज संवाददाता / अर्घाखाँची
नरपानि सामुदायिक सिकाई केन्द्र सन्धिखर्क ६ भुवनडाँडा अर्घाखाँचीको वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । गोमा रायमाझि क्षेत्रीको अध्यक्षतामा मंगलवार गठित ब्यावस्थापन समितिको उपाध्यक्षमा लक्ष्मी महत्रा रहनुभएको छ । समितिका सदस्यहरुमा प्रधानाध्यापक टिकाराम शर्मा अधिकारि,धनकला गौतम , रुपा थापा , सरस्वति महत्रा , राधिका खत्री, बसन्ता अधिकारि, गिता बि.क., शारदा माझि र सदस्य सचिव संगिता के.सि. महत्रा रहनु भएको छ ।
संथाका अध्यक्ष सर्मिलाा रायमाझिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिति वडाध्यक्ष श्रीधर महत्रा रहनुभएको थियो । कार्यक्रममा नरपानी स्वास्थ्य चौकि प्रमुख श्रवण पन्थि बिशिष्ट अथिति रहनुभएको थियो ।
यस्तै कार्यक्रममा सरस्वति पौडेल, रामकलाा थापा, माधव जि.सि. लगायत अथिति रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति महत्राले स्थानियहरुलाईलाई जागरुक बनाउदै आत्मनिर्भर बनाउन सिकाई केन्द्रले खेलेको भुमिकाको प्रशंसा गर्दै शशत्तिकरणका लागि थप योजना सहित क्रियासिल हुनुपर्ने ताउनुभएको थियो ।
संस्थाले समुदायमा साक्षरता कार्यक्रम, बाख्रापालन, स्वीटर बुनाई तालिम, निरन्तर शिक्षा कार्यक्रम संचालन गर्दै आईरहेको छ । पाणिनी ७, ८ र सन्धिखर्कको वडा न. ६ कार्यक्षेत्र रहेको संस्थाले आर्थिक वर्ष २०७९ / ८० को आय २ लाख ९५ हजार ६ सय १७ रुपैया र ब्याय २ लाख ५० हजार भन्दा बढि भएको बताएको छ ।
नरपानि सामुदायिक सिकाई केन्द्रको वार्षिक साधारण सभा तथा चौथो अधिवेशन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया

