रिटर्नी फेडेरेसन नेपाल लुम्बिनीको अध्यक्षमा रामचन्द्र बस्याल, सचीवमा राजेन्द्र पन्थी

हरि कुँवर, अर्घाखाँची
नेकपा एमाले निकट रिटर्नी फेडेरेसन नेपाल लुम्बिनीको अध्यक्षमा रामचन्द्र बस्याल र सचीवमा राजेन्द्र पन्थी सर्वसम्मत चयन भएका छन ।

कपिलवस्तुमा सम्पन्न प्रथम अधिवेशनले बस्यालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएको हो ।

संगठनको उपाध्यक्षमा लक्ष्मण पन्थ महिला उपाध्यक्ष तारा न्यौपाने सचिवमा राजेन्द्र पन्थी , उपसचिवमा मेजर जङ्ग कुँवर र खडानन्द रेग्मी , कोषध्यक्षमा थानेस्वर न्यौपाने सर्वसम्मत रुपमा चयन भएका हुन ।

प्रमुख अतिथी एमाले केन्द्रीय सदस्य वृजेस कुमार गुप्ता, अतिथीहरु नेकपा एमाले प्रदेश अध्यक्ष राधा कृष्ण कडेल, प्रदेस सदस्य प्रेम नारायण गैरे, रिटर्नी केन्द्रीय उपाध्यक्ष हिरा खराल, विनोद भट्टराई, सालीक वस्याल, केन्द्रीय कोषध्यक्ष, वसन्त केसी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार