डिआरजी सुमन,
दुर्गाफाँट अर्घाखाँची । पाणिनि गाँउ पालिका स्थित सवै वडावाट प्रतिनिधित्व हुनेगरी छनौटमा परेका महिलालाई नेता र नेतृत्वको बारेमा छलफल गर्दै नेतृत्व तथा क्षमता विकास गर्ने सीपहरुवारे जानकारी प्रदान गर्ने,नेतृत्वका प्रकारवारे छलफल र अन्तरक्रिया गर्दै बिशेषताहरु पहिचान गर्ने,सफल नेताका गुणहरूवारे छलफल गर्ने असल नेतामा हुनुपर्ने गुणहरुको पहिचान गर्ने,सकारात्मक सोच विकास गर्ने तरिकाहरुवारे छलफल गर्ने,सकारात्मक सोंचवाट हुने फाइदा तथा सकारात्मक सोच बढाउने तरिकावारे छलफल गर्ने,नेतृत्वले सम्झनु पर्ने कुरा र खुशी रहने उपायहरु वारे सामुहिक अन्तरक्रिया गर्दै समान धारणाको विकास गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको आयोजकले जनाएको छ ।
पाणिनि गाँउपालिकाको सभाहलमा अर्घाखाँची जिल्ला समन्वय समिति प्रमुख जीव नारायण कोईराला द्वारा व्यानर पढेर उद्घाटन गरिएको कार्यक्रमको मुख्य उद्देश्य आम महिलालाई नेतृत्व विकास तालीम मार्फ़त सामाजिक नेतृत्वमा अगाड़ी वढाउने रहेको पाणिनि गाँउ पालिका उपाध्यक्ष नर्मदा गौतमले वताउनु भएको छ । संस्थाका उपाध्यक्ष विनोद जीसीको स्वागत मन्तव्य रहेको कार्यक्रममा ७१ जना महिला सहभागिता रहेको आयोजकले जनाएको छ ।
पाणिनि गाँउपालिका स्थित जननिर्वाचित महिला नेतृहरु सहित स्थानीय अगुवा महिलाहरुको सहभागिता रहेको तालिममा प्रशिक्षकको रूपमा रोमकान्त घिमिरे र प्रेम नारायण गैरे रहनु भएको छ ।
पाणिनि पालिकाको लैंगिक समानता तथा सामाजिक समावेशी कार्यक्रमका लागी विनियोजित वजेट मार्फ़त युनिक भिजन नेपाल पाणिनी ३, दुर्गाफाट संस्थाको सहजीकरणमा तीन दिवशीय महिला सशक्तिकरण, नेतृत्व विकास तथा सकारात्मक सोंच निर्माण सम्बन्धि तालिम २०७९ चैत्र ८ देखि १० गते सम्म विहान १० वजेदेखी साँझ ०४ वजे सम्म तालीम संचालन रहने युनिक भिजन नेपालका अध्यक्ष सागर पोख्रेलले जानकारी गराउनु भएको छ । तालीम पाणिनि गाँउ पालिका को सभाहलमा संचालन भएको हो ।
पाणिनिमा महिला सशक्तिकरण,नेतृत्व विकास तथा सकरात्मक सोच अभिवृद्धि सम्बन्धित तीन दिने प्रशिक्षण कार्यक्रम उद्घाटन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया

