२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

अर्घाखाँचीमा ८ करोड लगानीमा रिसोर्ट र एग्रोफार्म सञ्चालन

अर्घाखाँचीमा ८ करोड लगानीमा रिसोर्ट र एग्रोफार्म सञ्चालन
अर्घाखाँचीको शितगंगा नगरपालिकाको कुँडुलेमा ८ करोड लगानीमा जंगल रिसोर्ट र एग्रो फार्म सञ्चालनमा आएको छ ।
गोरुसिंगे–सन्धिखर्क सडकको डोहोटेदेखि २ किलोमिटर माथि कुँडुले जंगलमा आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी जीपलाइन, स्काइ साइक्लिङ, स्काइ क्याफे र नेपालमै पहिलोपटक स्काइ बेड (तारमा झुण्डिएर सुत्ने बेड ) र घोडचढी सहित रिसोर्ट सञ्चालनमा आएको हो ।

चार जना उद्यमीहरु नारायण भुसाल, प्रियंका अर्याल, निर्मला भट्टराई र स्मृति भुसालको संयुक्त लगानीमा सय रोपनी जग्गामा बनेको रिसोर्टमा १० वटा वाताकूलित आवासीय कोठा र बाल उद्यान पनि छ । रिसोर्टले आफ्नै बारीमा प्रांगारिक तरकारी खेती, स्थानीय जातका बाख्रा, कालिज र रैथाने कुखुरापालन पनि गरेको छ ।
कृषि पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले निकट भविष्यमै कृषि तथा पशु विज्ञान अध्ययन गराउने कलेज सञ्चालन गरी विद्यार्थीलाई आत्मनिर्भर बनाउने तथा स्वीमिङ पुल, फिसिङ तथा विभिन्न साहसिक खेलहरु थप गर्ने लक्ष्य रहेको रिसोर्टका सञ्चालक नारायण भुसालले बताए ।
ग्राहकलाई आफ्नै उत्पादनको स्वाद र साहसिक मनोरञ्जन सहित जंगलमा आकर्षक र सुविधायुक्त पर्यटकीय गन्तव्य बनाउन खोजेका छौं,’ भुसालले भने, ‘अर्घाखाँचीमा सुपादेउराली मन्दिरपछि आकर्षक पर्यटकीय गन्तब्य बनाइ भारतीय पर्यटकलाई भित्राउने लक्ष्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार