माओबादी निकट दलित मुक्ति मोर्चा पाणिनीको अध्यक्षमा ताम्राकार चयन

अनिल नेपाली
अर्घाखाँची २६ चैत

नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा पाणिनि गाउँपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम हिजो सम्पन्न भएको छ ।
नेकपा माओबादी केन्द्रकमा नेता जाकिर हुसेनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो कार्यक्रममा मन्तब्य राख्दै नेता हुसेनले नेपालमा परिबर्तन ल्याउनको लागि दलित समुदायको महत्वपुर्ण भुमिका रहेको बताउदै परिबर्तनलाई उल्टाउनको लागि हिजोका राजाबादी र साम्राज्यबादी शक्ति देशी विदेशी शक्तिको इशारामा सलबलाउन थालेकोले अब दलित समुदाय परिबर्तनको सुत्रधार राजनितिक दल माओबादीमा गोलबन्द भई देशको विकास र समृद्धिको यात्रामा गोलबन्द्ध हुनुपर्ने बताए ।

भेलाले थम्मन सिह ताम्राकारको अध्यक्षतामा समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा शिब प्रसाद सुनार सचिब सन्जु नेपाली सहसचिब नन्द ब विक कोषाध्यक्ष विन्दु परियार रहनुभएको छ । कार्यक्रम मोर्चाका जेष्ठ सदस्य शिब प्रसाद सुनार को अध्यक्षतामा मोेर्चाका नेता थम्मन सिंह ताम्राकार को सञ्चालनमा कार्यक्रम समापन भएको छ]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार