भूमिकास्थानमा आइपर्ने विपत्तिलाई मध्यनजर गर्दै भूमिकास्थान-रुपन्देही सम्पर्क समाजले राहत कोष स्थापना गर्ने

बैशाख २९, बुटवल ।  भूमिकास्थान-रुपन्देही सम्पर्क समाजले भूमिकास्थान नगरपालिका भित्र आइपर्ने विपत्तिलाई मध्यनजर गर्दै राहत कोष स्थापना गर्ने भएको छ।

अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकाबाट विभिन्न सिलसिलामा रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा अस्थायी / स्थायी रुपमा बसाेबास गर्नेहरुकाे साझा संस्थाका रुपमा रहेको भूमिकास्थान-रुपन्देही सम्पर्क समाजले आगामी दिनमा पालिका भित्र हुन सक्ने विपत्तिलाई मध्यनजर गर्दै पीडितलाई राहत दिने उद्धेश्यले राहत काेष स्थापना गर्न लागेको अध्यक्ष लक्ष्मण बेल्वासेले जानकारी दिनुभएको छ।

शुक्रबार बुटवल १३ बेल्वासमा बसेको समाजको बैठकले उपाध्यक्ष ढुण्डिराज खनाल (ढाकावाङ्ग) संयाेजक रहेको ७ सदस्यीय राहत काेष संरक्षण समिति समेत निर्माण गरेको छ।
जसको उप-संयाेजक सन्तोष बन्जाडे (धारापानी) र सदस्यहरुमा क्रमशः प्रेम बन्जाडे (असुरकाेट), मुकुन्द बेल्वासे (खिल्जी), गाेपाल गैरे (नुवाकोट), हेमन्त मरासिनी (ढिकुरा) र प्रकाश जिसी (धनचाैर) लाई चयन गरेको छ।

त्यस्तै बैठकले समाजले गरेका काम र निर्णयहरुलाई आम सदस्य तथा जनता माझ पुर्याउने जिम्मा प्रेस सल्लाहकार टेकराज भुसाललाई दिएको सचिव यमप्रसाद गैरेले जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार