उत्पादनमा बृद्धि गर्नको लागि गुणस्तरीय विउको आबश्यकता पर्छ : प्रमुख घिमिरे

अनिल नेपाली
अर्घाखाँची १४ असार

विउका नाममा विभिन्न देशबाट आएका बिउको आयात रोकेर सर्बसुलभ गुणस्तरीय बीउ समयमा स्थानीय आबश्यकताकोे आधारमा उपलब्ध गराउन सके किसानले चाहेअनुसार कृषिमा उत्पादन बृद्धि हुनुको साथै गुणस्तरमा समेत फरक पना देखा पर्ने कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताउनुभएको छ । कृषि ज्ञान केन्द्र अर्घाखाँचीद्धारा आज आयोजना गरिएको बीउ उत्पादन प्रविधि सम्वन्धी जिल्ला स्तरीय कृषक ३ दिने तालिमको समापन गदै घिमिरेले यस्तो बताउनुभएको हो । घिमिरेले कृषी पेशा लाई आबश्यकता अनुसार रुपान्तरण गर्न यान्त्रिकीकरण आधुनिकीकरण प्रमुख आबश्यक रहेको बताउदै कृषिबाट सबै आत्मनिर्भर स्वरोजगार बन्न सबैले व्यबहासिक रुपमा कृषि पेशा अबलम्बन गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिदै अनुदान प्रक्रियालाई प्रभाबकारी निष्पक्ष बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा कृषि अर्थ विज्ञ महेन्द्र कुमार ओझाले अनुदानले कृषि क्षेत्र प्रभाबकारी रुपमा अगाडि बढ्न नसक्ने बताउदै अनुदान प्रक्रियालाई व्यबस्थित प्रभाबकारी बनाई मागको आधारमा ,उत्पादनको आधारमा दिगो रुपमा अगाडि बढ्ने गरी वितरण गनुपर्ने बताएका थिए । कार्यक्रममा पत्रकार महासघका सहसचिब अनिल नेपाली लेखा प्रमुख पशुपति खनाल सहभागि अनिता भुसाल गणश बन्जाडे लगायतले कार्यक्रममा मन्तब्य राख्दै कृषि क्षेत्रलाई सुधार गर्न विउ गुणस्तरीय हुनुपर्नेमा जोड दिदै विउ प्रविधिमैत्री हुनुपर्ने बताएका थिए ।

कार्यक्रम कार्यालय प्रमुख बुद्धिराज घिमिरेको अध्यक्षता कार्यक्रम सयोेजक टिकाराम न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा अर्घाखाँची जिल्लाका सहकारी समुह सघ सस्थाबाट प्रनितिधिहरुको उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार