कपिलवस्तुको बाणगंगा नदिमा डुबेर एक जनाको मृत्यु

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नदिमा डुबेर बुधबार एक जनाको ज्यान गएको छ । वाणगंगा नदिमा आएको बाढीमा डुबेर कपिलवस्तु नगरपालिका वडा नम्बर ९ बस्ने अन्दाजी वर्ष ५५ का मिठु लोधको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

नदिले बाढीमा बगाएर ल्याएका काठ दाउरा संकलन गर्ने क्रममा उनलाई खोलाले बगाएको स्थानीय व्यक्तिहरुको भनाइलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । जर्लैया घाटमा दाउरा जम्मा गर्ने क्रममा डुबेका लोधलाई स्थानीयले उद्धार गरेका भए पनि उनको मृत्यु भइसकेको थियो ।
उनको शव घटना स्थलभन्दा झण्डै एक किलोमिटर टाढा फेला परेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र मृतकको शवलाई पोष्टमार्टमाका लागि पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार