राष्ट्रिय सभा सदस्यको चुनावका लागि आजदेखि आचारसंहिता लागू

आउदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले यसअघि आजैदेखि माघ १२ गतेसम्म लागू हुने गरी आचारसंहिता जारी गरेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आचारसंहिता अवधिभर कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन पाइने छैन । प्रचारप्रसार लगायतका कुरामा पनि आयोगले गर्न नहुने कुराहरूको सूची सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार