अर्घाखाँची : जिप दुर्घटनामा २ जनाको मृत्यु

टेकराज भुसाल / अर्घाखाँची
भुमिकास्थान नगरपालिका २ उपल्लो ढाकाबाङमा लु १ ज १६७९ नम्बरको जिप दुर्घटना भएको छ ।
दुर्घटनामा परि दुई जनाको घटना स्थलमैं मृत्युु भएको छ । थप २ जना घाइते भएका छन ।
देउराली यातायात अर्घाखाँचीकाे सवारी जिप दुर्घटनामा परेको हो ।
शनिवार बिहान करिब ६:३० बजे तिर ढाकावाङ्गबाट सन्धिखर्कका लागि छुटेको गाडि केही समय हिडेर बिच बाटोमा गाडि न्यूटलमा स्टार्ट छाडेर ड्राइभर पसलमा गएको बेला गाडि दुर्घटना भएको र गाडि करिब २०० मिटर तल झरेको स्थानीयले बताएका छन्। घटनाबारे थप विवरण आउन बाकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार