२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

वैदिक सनातन धर्म सेवा समाज अर्घाखाँचीको पहिलो साधारण सभा तथा अधिवेसन सम्पन्न, अध्यक्षमा चन्द्रमणि घिमिरे सर्वसम्मत

अर्घाखाँची
वैदिक सनातन धर्म सेवा समाज अर्घाखाँचीको पहिलो साधारण सभा तथा अधिवेसन सम्पन्न पाणिनिको वडा न. ५ मैदानमा सम्पन्न भएको छ । अधिवेशसनले चन्द्रमणि घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा डिल्लिराज बेल्वासे, उपाध्यक्षमा विष्णु प्रसाद घिमिरे, महासचिव अनन्त घिमिरे, सचिव भास्कर पौडेल सह सचिव रामकला घिमिरे, कोषाध्यक्षमा टेकनारायण गैरे लगायत १५ सदस्यीय कार्यसमिति सर्व सम्मत चयन गरेको हो । No description available.यस्तै समाजले लेख बहादुर टण्डन संयोजक रहेको ५ सदस्यीय सल्लाहकार समिति पनि सर्वसम्मत चयन गरेको छ ।
यस अघि उध्घाटन सत्रमा संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै संस्थाका तदर्थ समितिका अध्यक्ष चन्द्रमणी घिमिरेले २०७१ साल बाट स्थानीय रुपमा सङ्गठित भएको यो सेवा समाज २०७८ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको जानाकारी गराउनु भएको थियो ।No description available.विभिन्न समयमा समस्यामा परेका र पिडामा परेका ब्याक्तित्वहरुलाई सहयोग गर्ने देखि सामाजिक कार्यमा समेत अग्रणी भुमिका निर्भाह गरेको उल्लेख गर्नुभएको थियो ।No description available.कार्यक्रममा शुभकामना दिदै पाणिनी गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत रोमनाथ न्यौपानेले धर्म र संस्कार पुस्तान्तरण गर्दै यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा पाणिनी ५ का वडा अध्यक्ष इन्द्रमणी घिमिरे, पाणिनी ४ का वडा अध्यक्ष हरिप्रसाद घिमिरे , कोष तथा लेखा नियन्त्रण कार्यालय गुल्मिका अधिकृत छविन्द्र बेल्वासे, नेपाली काङ्ग्रेस मैदानका सभापति गणेश घिमिरे, नेकपा एमालेका थानेश्वर घिमिरे, माओवादी केन्द्रका बुद्धि जि.सि. लगायतले धर्मको रक्षाका लागि पुर्विय दर्शनका महत्वबारे स्पष्ट पार्नुभएको थियो । कार्यक्रम बाबा योगिराजको प्रमुख आथिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम संस्थाका उपाध्यक्ष अनन्तप्रसाद घिमिरेको संचालन र सचिव डिल्लीराज बेल्वासेको स्वागत मन्तब्य सहित शुभारम्भ भएको थियो ।No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार