सातौँ पाणिनि दुर्वाशेश्वर पर्यटन महोत्सव २०८० को सम्पुर्ण तयारि पुरा

अर्घाखाँची
शिवराज बेल्वासे / पाणिनि
जिल्लाको पाणिनि गाउँपालिकाको दुर्गाफाँटमा भोलि फाल्गुण २४ गतेबाट शुरु हुने सातौँ पाणिनि दुर्वाशेश्वर पर्यटन महोत्सव २०८० को सम्पुर्ण तयारि पुरा भएको आयोजकले जनाएको छ । पाणिनि पर्यटन समाजको आयोजना र पाणिनि गाउँपालिकाको संरक्षकत्वमा हुने महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशिष्ट प्रस्तुति हेर्न पाईने भएको छ । महोत्सवको भोलि उद्धघाटन हुने र २८ गते समापन हुने पुर्व तालिका तय भएको छ ।
महोत्सवले पाणिनिमा पर्यटकको आगमन बढाउन तथा स्थानीय कला संस्कृति र उत्पादनको बजारिकरणमा टेवा पुग्ने पर्यटन समाजका अध्यक्ष झविन सुनामले बताएका छन् । महोत्सवलाई सफल बनाउन पालिका स्थित सबैको सहयोग पुग्ने विश्वास पनि अध्यक्ष सुनामले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार