नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी अध्यक्ष बन्न अयोग्य : निर्वाचन आयोग

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी अध्यक्ष बन्न अयोग्य रहेको जनाएको छ । पार्टी अध्यक्षको रुपमा अद्यावधिक गर्न दिएको निवेदनमाथि आज आयोगले निर्णय गर्दै ऐन, नियमावली र पार्टीकै विधान अनुसार पनि चौधरी अध्यक्ष बन्न अयोग्य रहेको उल्लेख गरेको हो ।
अदालतको फैसला, पार्टीकै विधान र अन्य कानुन र नजिरहरू समेतको आधारमा यो निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । २०८० साल जेठ २ मा सर्वोच्च अदालतले कैलाली टीकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । तर त्यसको दुई हप्ता नबित्दै गणतन्त्र दिवसका दिन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको सजाय माफी गर्नुभएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन र अदालतको फैसलाहरूले समेत फौजदारी कसुरमा परेका व्यक्ति पार्टीको सदस्य समेत हुन अयोग्य रहने व्यवस्था गरेकोले त्यस्तो व्यक्तिलाई अध्यक्षको रुपमा अद्यावधिक गर्न नसक्ने अनि अध्यक्ष बन्नका लागि केन्द्रीय सदस्य बनेको कम्तीमा एक वर्ष भएको हुनुपर्ने विधानको व्यवस्था पनि उल्लंघन भएको आयोगको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार