U16 महिला साफ च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई

सातदोबाटोमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको परिसरमा आज भएको फाइनल खेलमा बङ्गलादेशले भारतलाई पेनाल्टी शुटआउटमा ३–२ गोलले हराउँदै उपाधि चुमेको छ । निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । खेलको ४ मिनेटमा अनुष्का कुमारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । तर खेलको ७० मिनेटमा बङ्गलादेशले उपहार गोल पाएपछि खेल १–१ को बराबरीमा पुगेको हो ।

बङ्गलादेश समूह चरणका ३ वटै खेल जितेर ९ अङ्कसहित फाइनलमा पुगेको थियो । भारत उति नै खेलमा ६ अङ्कका साथ फाइनलमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार