१ चैत्र २०८२, आइतबार
१ चैत्र २०८२, आइतबार

अड्गुरीको कृषि उपज बजारिकरणको सम्भावना खोज्दै जनप्रतिनिधि सहितको टोलि बुटवलमा

प्रतिक्षा बेल्वासे / बुटवल

गाँउमा कृषकले उत्पादन गरेका तर बजार नपाएर सड्न बाध्य बस्तुहरुलाई के ,कसरी बजारीकरण गर्न सकिन्छ भन्ने हेतुले अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड न ७ का जनप्रतिनिधि लगायतको टोलिले आज बुटवल मा रहेको सब्जी मन्डिमा रहेका तरकारी पसलहरुमा सम्भावना खोज्दै अनुगमन गरेको छ।गाँउपालिका अध्यक्ष टेकराज न्यौपाने ,वडा न ७ का वडा अध्यक्ष गुनाखर अधिकारी ,वडा सदस्य प्रेम थापा ,वडा सचिब नन्दा भट्टराई ,कृषि प्राविधिक कृष्ण रिजाल ,गणतान्त्रिक श्रीजनशिल युवा क्लबका अध्यक्ष सन्दिप पोख्रेल ,अड्गुरी कृषि सहकारी संस्थाका प्रतिनिधीहरु सहितको टोलिले अड्गुरी सहित पालिकाको उत्पादन बुटवलमा बेच्न सकिने सम्भावनाहरु खोज्न टोलि बुटवल पुगेको हो । किसानको स्थायी बजार बनाउन पहल कदमि लिन पाणिनिको ७ न. वडाले नयाँ योजना अघि सारेर बजेट विनियोजन गरेको थियो ।

अड्गुरी समाज रुपन्देही सँग अन्तर्कृया कार्यक्रम ।
विहिवार बुटवलमा भएको अन्तर्कृया कार्यक्रमा बोल्दै संस्थाका संस्थापक अध्यक्ष तथा गाँउपालिका अध्यक्ष टेकराज न्यौपानेले गाँउपालिका बाट हुन सक्ने पहलका निमित्त आफुले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

वडा अध्यक्ष गुनाखर अधिकारिले वडाले बजेट बिनियोजन गरेको र छिट्टै वडा भेला गरेर उत्पादन गर्न सक्ने सम्भावना भएका तरकारी तथा फलफूलको बीउ बितरण गर्ने गरि योजना बनाएको बताएका थिए ।
संस्थाका महासचिब नारायण घिमिरेले ढुवानी को ब्यबस्थापन गर्न नसके उत्पादन लाई बजार सम्म लैजान कठिन हुने हुँदा ढुवानीमा जोड दिनुपर्ने बताएका छन् ।

नि वर्तमान अध्यक्ष लुकराज न्यौपानेले उत्पादनले बजारिकरण गर्न संस्थाले गर्न सक्ने सबै सहयोग गर्न आफुहरु तयार रहेको भन्दै गाँउको तरकारी ,फलफुल लाई बजारिकरण गर्न सके आम्दानी सँगसँगै संकलन ,ढुवानी ,बजारिकरण सम्म को काममा कम्तिमा ८ देखि १० जनाले एक ठाउँबाट रोजगार पाउने आशा ब्याक्त गरेका छन् ।

संस्थाका अध्यक्ष शिव बस्नेतले सबैभन्दा महत्त्वपूर्ण विषय मानिसको स्वास्थ्य रहेको हुँदा प्राङ्गरिक मलको प्रयोगमा बढी जोड दिदै उत्पादन गर्न सके बुटवल स्थायि बजार बन्न सक्नेमा विश्वास ब्याक्त गरेका छन् ।
कार्यक्रममा जनप्रतिनिधि सहित सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार