भरुवा बन्दुक सहित एकजना पक्राउ

चैत ९ ,पाल्पा ।
पाल्पाको रैनादेवी छहरा ४ दागीलमा भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छ्न ।
भरुवा बन्दुक लिएर हिँडिरहेको अवस्थामा  एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँरा बस्ने वर्ष ४६ का लिलाबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बिहीबार बेलुकी उनलाई पक्राउ गरिएको र उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले  जानकारी दिए । पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार