इलाम–२ उपचुनावमा एमालेका नेम्वाङको अग्रता कायमै

इलाम–२ मा भएको उपचुनावमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै रहेको छ ।

४१ हजारभन्दा धेरै मतको परिणाम सार्वजनिक हुँदा एमालेका नेम्वाङले १६ हजार ९ सय ४४ मत प्राप्त गर्नुभएको छ । यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ११ हजार २ सय ७३ मत पाउँदा नेम्वाङ र खड्काबीच ५ हजार ६ सय ७१ मतको अन्तर रहेको छ ।

यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ९ हजार ४४ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलनकुमार लिम्बुले २ हजार ८ सय ३ मत प्राप्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार