स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम जिल्लामा सञ्चालन गनुपर्छ : काेईराला

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण काेईरालाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम जिल्लामा सञ्चालन गनुपर्ने बताउनु भएको छ। अर्घाखाँची उद्योग बाणिज्य संघद्वारा आयोजना गरिएको कृषि तथा ओैधाेगिक कृषि मेलाकाे सदरमुकाम सन्धिखर्कको त्रीवेणिधाममा उद्घाटन गर्दै प्रमुख काेईरालाले यस्तो बताउनु भएको हाे । प्रमुख काेईरालाले पालिकाभित्र कृषि तथा गैरकृषि गरी दुवै क्षेत्रका स्थानीय उत्पादकलाई प्रोत्साहन गर्ने नीति पालिकाले लिएर स्थानीय उत्पादन बढाउने र त्यसको सहज बजार व्यवस्थापन पनि गर्ने योजनाका साथ स्थानीय सरकार लाग्नुपर्ने बताउनुभएको हो ।

कार्यक्रममा उधाेग बाणिज्य संघका केन्द्रीय सदस्य जम्शेर अलि मिया सन्धिखर्क नगरपालिका कार्यवाहक नगर प्रमुख मिश्रा आचार्य मालारानी गाउँपालिका अध्यक्ष दल ब. भट्टराई प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल पत्रकार महासघका अध्यक्ष गणेश खनाल लगायतले कार्यक्रममा मन्तब्य राख्नु भएको थियोे । कार्यक्रममा उधाेग बाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रकाे अध्यक्षता महासचिव तुल्सिराम खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा उत्पादनलाई विशेष प्राथमिकता दिई पुरस्कार समेत प्रदान गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार