२० कार्तिक २०८२, बिहिबार
२० कार्तिक २०८२, बिहिबार

पाणिनी : साताैँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु

अर्घाखाँचीको पाणिनि गाउँपालिकामा साताैँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ।

पाणिनि गाउँपालिकाको आयोजनामा गाउँपालिकास्तरीय साताैँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको हो ।

पाणिनि गाउँपालिकाको केन्द्र दुर्गाफाट स्थित बरका रूख खेल मैदान, दुर्गाफाँटमा   बिहिबारदेखि प्रतियोगिता सुरु प्रतियोगिताको उद्‌घाटन पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले गरेका हुन । कार्यक्रम उद्‌घाटन गर्दै अध्यक्ष न्यौपानेले स्थानीय खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न यस्ता प्रतियोगिताहरू आवश्यक रहेको बताए । उनले खेलकुदले शारीरिक तथा मानसिक विकाससँगै अनुशासन र एकताको भावना विकास गराउने उल्लेख गरे ।

कार्यक्रममा पालिकाको शिक्षा शाखा प्रमुख तेजबहादुर खनालले पालिकाका माध्यमिक स्तरका विद्यार्थीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए । उनले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा भाग लिने बताए ।

प्रतियोगितामा गाउँपालिकाभित्रका सबै वडाका विद्यालयहरूले भाग लिएका छन् । विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल लगायतका १२ विधाका २४ स्वर्णका लागि प्रतिस्पर्धा हुने जनसेवा माविका खेल शिक्षक गोविन्द पाैडेलले जानकारि दिए । प्रतियोगिताका विजेताहरूलाई सम्मानपत्र, ट्रफी र अन्य पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा पालिकाभित्रका १३ विद्यालयका करिब ३ सय ५० विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार