अस्थायी प्रहरी चाैकी फुदबाङको स्विच अप्रेसन

अस्थायी प्रहरी चाैकी फुदबाङले आफ्नो क्षेत्र भित्रका बजारमा कालाेबजारी अखाद्य बस्तुकाे मिसावट म्याद गुजेका समान नियन्त्रण गर्न उपभोक्ता र उपभाेगकर्ता बिचमा आउने दराबलाई राेक्नकाे लागि आज जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीकाे पहलमा संयुक्तरूपमा स्विच अप्रेसन चलाएको छ ।

तालुक कार्यालयकाे निर्देशन बमोजिम स्विच अप्रेसन  चलाएको चाैकी प्रमुख रेख बहादुर बुढा मगर बताए । याे अभियानलाई स्थानीय बजार टाेलमा समेत पुर्‍याउने चाैकी प्रमुख बुढा मगरको भनाइ छ । प्रहरीले स्थानीय जनता र आफ्नो साझेदारी अझ नजिक बनाउन खाेजेकाेले याे अभियानलाई अझ तिव्रता साथ अगाडि बढाउन स्थानीय बासिन्दा समाजसेवी बुद्धिजीवी शिक्षाप्रेमी सबैले सहयोग गनुपर्ने बताउदै प्रहरीको याे अभियान निकै सकारात्मक र रचनात्मक रहेको सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष चुरा ब केसिले बताए । प्रहरीको स्विच अप्रेसन कार्यक्रममा वडा सचिव सीता पराजुली, पत्रकार अनिल नेपाली, सहायक हल्वदार दिल ब. बिक लगायतकाे सहभागीता रहेको थियोे ।

चाैकी प्रमुख रेख बहादुर बुढा मगरले जिम्मेवारी सम्हालेपछि आफ्नो क्षेत्रमा रचनात्मक र सकारात्मक काम गरेको भन्दै स्थानीय जनताले निकै प्रशम्सा गरेको पाईन्छ । चाैकी प्रमुख बुढाले शान्ति सुरक्षा अमयन चयन कायम गरेर जनतालाई सुरक्षाको प्रत्याभुति दिलाउनु आफ्नो प्रमुख जिम्मेवारी रहेको बताउदै आफू उत्त जिम्मेवारी रहेसम्म चोरी, तस्करी, अनियमितता लगायतका गतिविधिलाई दिन रात नभनि नियन्त्रण गर्न लागिरहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार